१७ वर्षीया पाकिस्तानकी टिकटक स्टार सना युसुफको आफ्नै निवासमा गोली हानी हत्या गरिएको छ ।
पकिस्तानको एक्सप्रेस ट्रिब्युनले जनाएअनुसार, सनालाई उनको घरमै प्रवेश गरी नजिकैबाट अज्ञात आक्रमणकारीले गोली हानेको बताइएको छ । सनाले आफ्नो टिकटक कन्टेन्टमार्फत ठूलो लोकप्रियता हासिल गरेकी थिइन् ।

पाकिस्तानको सामा टीभीले जनाएअनुसार गोली हान्ने व्यक्ति उनको घरमा आएको पाहुना हुन सक्ने बताएको छ ।