स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ७-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि फर्मिन लोपेजले दुई गोल र दुई असिस्ट गरे ।

यस्तै फ्रेन्की डे जोङ, फेरान टोरेस, राफिन्हा, रोवर्ट लेवान्डोस्कीले एक-एक गोल गरे । भ्यालेन्सियाले एक आत्मघाती गोल उपहार दिएको थियो ।
भ्यालेनसियाका लागि ह्युगो डुराले सान्त्वना गोल फर्काए । बार्सिलोनाले ला लिगाका चार खेलको जितविहिन यात्रा टुङ्ग्याएको हो ।
डे जोङले तेस्रो मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । आठौ मिनेटमा फेरान र १४औं मिनेटमा राफिन्हाले गोल गरे । लोपेजले २४औं मिनेटमा गोल गर्दा बार्सिलोनाले बड्ढा घण्टा भित्रै चार गोलको अग्रता बनायो । पहिलो हाफको इन्जुरी टाइममा लोपेजले नै गोल थप्दै अग्रता फराकिलो बनाए ।
५९औं मिनेटमा भ्यालेनसियाका डुरोले गोल फर्काए तर त्यो निकै ढिला भइसकेको थियो । बार्सिलोनाका लेवान्डोस्कीले ६६औं मिनेटमा गोल गर्दै ६-१ को अग्रता बनाए । त्यसपछि भ्यालेन्सियाकै टारेगाले ७५औं मिनेटमा आत्मघाती गोल उपहार दिए ।
जितपटि २१ खेलबाट ४२ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमै छ । बार्सिलोना शीर्ष स्थानको रियल मड्रिड भन्दा ७ र दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा ३ अंकले पछि छ ।