बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली काँग्रेसका अमिन थारु १ हजार ४३ मतसहित विजयी हुनुभएको हो ।
नेकपा माओवादीका शेर बहादुर थारुले ६७८ मत, नेकपा एकालेका विष्णुप्रसाद देवकोटाले ३३७ मत, नागरिक उन्मुक्ति पार्टिका प्रितिलाल थारुले ७० मत, राप्रपाका रत्न बहादुर शाहीले ५२ मत र रास्वपाका बासुदेव शर्माले १७ मत प्राप्त गरेका छन् ।
४० मत बदर भएका छन् । कुल मतदाता ३,५१० मध्ये २,२३९ मत खसेको थियो ।
यसअघिको चुनावमा पनि वडा नम्बर ४ मा काँग्रेस नै विजयी भएको थियो ।
निर्वाचित वडा अध्यक्ष सुर्य बहादुर विष्ट जिल्ला समन्वय समिति प्रमुख भएपछि वडा अध्यक्ष पद रिक्त थियो ।