संविधान दिवसको अवसरमा बिहीबार दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’मा धकेला–धकेल गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङ घर भएका १९ वर्षीय तिलक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए । पक्राउ परेका खड्का ज्यान मार्ने उद्योगका प्रतिवादी समेत रहेको पाइएको उनले बताए ।
पक्राउ परेका युवकलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ । उनी त्रिचन्द्र कलेजका विद्यार्थी हुन् । गत जेठमा कलेजमा साथीहरु सामान्य विवाद हुँदा उनले अर्का विद्यार्थीलाई आक्रमण गरेको आरोप छ ।
उक्त मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता समेत भएको पाइएकाले अहिले अदालत पठाइएको एसपी अधिकारीले बताए ।