जबरजस्ती करणी अभियोगमा पक्राउ

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शनिबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोटहिमाई गाउँपालिका-५ बस्ने २७ वर्षीय
मुकेश चौधरी, सोही गाउँपालिका-६ बस्ने ३२ वर्षीय मनोहर चौधरी र सोही गाउँपालिका-३
बस्ने ३५ वर्षीय शैलेश कुमार पाण्डे रहेका छन् ।


उनीहरूले ती किशोरीलाई भदौ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको
आधारमा इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो
। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया