राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परी आमा–छोरा गुमाएकाका परिवारलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ । स्थानीय सामुदायिक वनमा लागेको डढेलो बाहुनडाँडाको खरबारीमा सल्केपछि खरघाँस जोगाउने क्रममा ५५ वर्षीया पुण्यमाया धमला र १६ वर्षीय कञ्चन धमलाको जलेर मृत्यु भएको थियो ।
सभापति खतिवडाले पीडित परिवारलाई भेटी व्यक्तिगतरुपमा रु २२ हजार र नगरपालिकाबाट उपलब्ध भएको रु एक लाख सहयोग प्रदान गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।