बाँकेका हरित अभियन्ता काफ्ले अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

रुपनी जि एम, बाँके । नेपालगन्जका हरित अभियन्ता हेमन्त राज काफ्ले भारतको हरियाणामा अन्तराष्ट्रिय अवार्डबाट सम्मानित हुनुभएको छ । लेक्स फाउन्डेसनको आयोजनामा  भारतको हरियाणामा सोमबार आयोजित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँ सम्मानित हुनु भएको हो ।

हरित अभियन्ता हेमन्तलाई बिजेपीका बिधान सभा सांसद मोहनलाल बडोलिले सम्मान गर्नु भएको थियो । योभन्दा पहिला पनि अन्तराष्ट्रिय वार्ड बाट काफ्ले सम्मानित हुनुभएको थियो । उहाँ सन् २०२० मा समरस्ता अन्तराष्ट्रिय अवार्ड भारत, २०२१ मा डब्लु डब्लु एफ कन्जरभेसन अवार्ड, २०२३ एभरेष्ट इन्टरनेशनल क्लाइमेट एक्सन अवार्ड, र भर्खरै २०२४ मा भारतको हरियाणामा ट्रीमेन अवार्डबाट सम्मानित हुनु भएको छ ।

४० वर्षिय काफ्लेले झण्डै डेढ दशकदेखि नेपालगन्जलाई कर्मथलो बनाएर हरित अभियानको रुपमा निरन्तर लागिरहनु भएको छ । ुगिभ मी सीड आई विल गिभ यू ट्रीसु भन्ने मूल नाराका साथ अगाडी बढ्नु भएका काफ्लेको अभियानलाई विभिन्न देशहरू भारत, जर्मनी, अमेरिका, साउथ अफ्रिकाबाट रुखका बीउहरू प्राप्त हुने गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार विदेशी मुलुकहरुबाट प्राप्त बीउहरू मध्य विशेषगरी कल्पवृक्षको बिउलाई उमारेर बिरुवा बानाई उहाँले बाँकेका विभिन्न धार्मिक स्थलहरूमा लगाउने गर्नु भएको छ । ुमेरो हरित अभियानबाट प्रभावित भएर अन्य देशहरूबाट कल्पवृक्षका बीउहरू उपहारमा प्राप्त हुने गरेकाछन् ।ु उहाँले भन्नुभयो,ु ती कल्पवृक्षका बिउलाई विरुवा बनाई मैले यस क्षेत्रका विभिन्न धार्मिक स्थलहरूमा लागाउने गरेको छु ।ु

कल्पवृक्ष अभियान अन्तर्गत नेपालका धार्मिक स्थलहरू पशुपतिनाथ, सुर्खेतको देउती बज्यै, सल्यानको छत्रेश्वरी, पिउठानको स्वर्गद्वारी, नेपालगञ्जको हनुमाँगढी लगायत भिन्न जिल्लाहरूमा कल्पवृक्ष लगाउनु भएको छ । काफ्लेले जो कसैको विशेषदिनमा सम्झना स्वरूप कल्पवृक्ष र शितलचिनिको बिरुवा उपहार स्वरूप दिने गरेको पनि बताउनुभयो ।

यसका साथै उहाँले शुरू गर्नु भएको शितलचिनीको बिरुवा बाँडने अभियान संसारभरी फैलिदै गएको उहाँको भनाई छ । हरित अभियन्ता काफ्लेले नेपालगन्जका सरकारी कार्यालय, विद्यालयहरू र सडकको ग्रीनबेल्टमा शितलचिनिका हजारौं बिरुवाहरू लागाएर बाँकेलाई हरियाली बनाउनु भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया