प्रहरी कर्मचारीका परिवारका लागि च्याउँ खेती सम्बन्धी स्थलगत तालिम प्रदान

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अर्न्तगत प्रहरी कर्मचारीका परिवारहरूका लागि सिताके च्याउँ खेती सम्बन्धी स्थलगत तालिम प्रदान गरिएको छ । एकिकृत कृषी तथा पशुपंक्षी विकास कार्यालय प्यूठानको आयोजना तथा जिल्ला प्रहरी कार्यालय प्यूठानको समन्वय र सहकार्यमा जिल्ला प्रहरी कार्यालय प्यूठानको प्राङ्गणमा आइतबार उक्त तालिम संचालन गरिएको थियो ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाले यस्ता सीपमूलक तालिमले प्रहरी कर्मचारीका परिवारहरूलाई आयआर्जन तथा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा एकिकृत कृषी तथा पशुपंक्षी विकास कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख उमेशचन्द्र श्रेष्ठले सिताके च्याँउ खेती सम्बन्धी तालिम नमुनाको रूपमा जिल्लामै पहिलो पटक संचालन गरिएको र यसलाई आगामी दिनमा थप विस्तार गर्ने लक्ष्य लिएको बताउनुभयो ।

उक्त कार्यक्रममा कृषि अधिकृत केशवराज खनाल र कृषि प्रशिक्षक आमोश चौधरीबाट स्थलगत अनुशिक्षण तथा अभ्यास समेत गराइएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया