ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १७ औँ वार्षिकोत्सव नेपालगन्जमा पनि मनाएको छ ।
शनिवार नेपालगन्जमा डिजिटल वित्तीय साक्षरताका लागि प्रभातफेरी आयोजना गरि वार्षिकोत्सव मनाइएको हो ।
बैंकका पुष्पलाल चोक शाखा प्रवन्धक लोकेन्द्र भण्डारीका अनुसार, प्रभातफेरीले नेपालगन्जका विभिन्न भागको परिक्रमा गरेको थियो । वित्तीय साक्षरता तथा बैंकिङ्ग शिक्षामूलक प्लाकार्ड तथा व्यानरसहित ग्लोबल आइएमई बैंकको बाँकेमा रहेका विभिन्न ५ वटा शाखाले सहभागिता जनाएको प्रभातफेरीमा ६५ कर्मचारी उपस्थित थिए । नेपालगन्जको पुष्पलाल चोक शाखा प्रबन्धक भण्डारीले नेपालगन्जमामात्रै ४५ कर्मचारी कार्यरत रहेको बताए ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक रहेकोे जानकारी दिंदै भण्डारीले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा देशव्यापीनै प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको बताए ।
बैंकले ३ सय ५५ शाखा, ३ सय ७९ एटिएम, २ सय ७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सय भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको बताइएको छ ।
काठमाडौँमा आयोजित प्रभात फेरीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरु, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।