अनेरास्ववियुको विरोध

राजधानी काठमाडौंमा दुई युवा प्रहरी कारबाहीमा मारिएको विरोधमा अनेरास्ववियु बाँकेले शनिवार नेपालगन्जमा विरोध गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरेको छ ।

आक्रोशित विद्यार्थीले प्रहरी कारबाहीप्रति निन्दा गर्दै सरकारको चर्काे आलोचना गरेका हुन् । उनीहरुले देशमा रोजगार नभएर विदेश जान लागेका युवाहरुको निर्मम हत्या र त्यसपछिको आन्दोलनमा भएको दमनले सरकारको निरीहता प्रदर्शन भएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया