बालकुमारी झडपमा गम्भीर घाइते अर्का युवकको पनि मृत्यु

ललितपुरको बालकुमारीमा प्रहरीसँगको झडपममा घाइते भएका अर्का एक युवकको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवा र प्रहरीबीच झडप भएको थियो ।

झडपमा घाइते भएका अन्दाजी २२ वर्षीय वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले पुष्टि गरे ।

शाहको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शाहको घर सुदूरपश्चिम प्रदेश भनिए पनि जिल्ला खुलेको छैन ।

त्यसअघि किस्ट अस्पतालमा दैलेखका २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया