दुर्घटना रोक्न ‘स्लो वाइक’

बास नेपालले ‘स्लो बाइक’ प्रतिष्पर्धा गर्ने भएको छ । बासका सूचना अधिकारी हेमराज भट्टका अनुसार, तिब्र गतिमा चल्ने सवारी साधनका कारण हुने सडक दुर्घटनाबाट जोगाउन जनचेतनाका लागि भोलि शनिवार प्रतियोगितात्मक कार्यक्रम गरिने भएको हो ।

‘तिब्र गतिमा मोटरसाइकल चलाउनलाई निरुत्साहित गर्ने, ट्राफिक नियमको पालना गरि सिमित गतिमा सवारी साधन चलाउन प्रोत्साहित गर्ने उद्देश्यले यसखालको कार्यक्रम गरिएको हो,’ सूचना अधिकारी भट्टले भने,‘युवाहरुले तिब्रगतिमा मोटरसाइकल चलाउदा हुने जोखिम न्यूनिकरण गर्दै जनचेतना जगाउन प्रतियोगिता उपलब्धीपूर्ण हुने विश्वास लिइएको छ ।’

२०७७ साल देखि शुरु भएको प्रतियोगितामा यस बर्ष पुरुष र महिलाहरुको छुट्टा, छुट्टै प्रतियोगिता हुने भएको छ । दुबै प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय हुने बिजेताहरुलार्ई क्रमशः नगद १५ हजार, १० हजार, ५ हजार प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया