स्थान अभावमा टिनमुनी बस्न बाध्य, राम्ररी सुत्न पनि पाउदैन पीडितहरु, शौच गर्न पालो पर्खनु पर्ने बाँके जिल्लाको नौबस्तामा क्षत्रिय कारागार निर्माण भै सकेता संचालन आउन नसक्दा करौडौ खर्चेर बनाईएका भवन त्यतिकै खेर गईरहेका छन् ।
तर ३५० क्षमता भएको नेपालगंज स्थित बाँके कारागारमा ९६६ कैदीबन्दीहरु कोचाकोचको अवस्थामा बस्न बाध्य छन् । एउटै कोठामा ३० जनासम्म कोचाकोचको स्थितिमा सुत्नु परेको थुनुवाहरु बताउछन् । कारागारका कोठा भित्र नअटाएर कैदीबन्दीहरु बाहिर टिनको छाप्रो भित्र बस्नु परेको छ । बाँके कारागार धेरै पुरानो र जीर्ण अवस्थामा रहेको छ । कारागारमा १५ कोठामा १३ वटा शौचालय संचालनमा रहेका छन् ।
८ वटा बाहिर सार्वजनिक शैचालय रहेका छन् । तर ति प्रर्याप्त छैनन । क्षमता भन्दा बढी हुँदा कैदीबन्दी हुँदा शौच गर्न जान २० मीनेटसम्म पालो पर्खनु पर्ने समस्या रहेको थुनुवा बाबर खानले जानकारी दिए ।
कारागार अनुगमनमा पुगेका एडभोकेसी फोरमका अधिवक्ता बसन्त गौतमले स्वतन्त्रताको हक बाहेक कैदीबन्दीको अन्य मानव अधिकार उपभोग गर्न पाउने भए पनि उनीहरुले आधारभुत मानव अधिकार उपभोग गर्न नपाउदा कष्ठपुर्ण जिवन जिउन बाध्य भएको जानकारी दिए । कारागार भित्र खेल्ने स्थान छैन । मनोरञ्जनका साधन छैन । शिपमुलक, आयमुलक तालिमको ब्यवस्था छैन, शौच गर्न पनि पालो पर्खनु पर्छ, स्वच्छ खानेपानीको ब्यवस्था छैन, अधिवक्ता समेत अधिकारकर्मी गौतमले भने ।
बाँके कारागारमा रहेका कैदीबन्दीको आधारभुत मानव अधिकार उपभोगको अवस्था र त्यहांको ब्यवस्थापन पक्षको बारेमा एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम, इन्सेक अधिकृत सरस्वति मल्ल, इन्सेक जिल्ला प्रतिनिधि धु्रवराज शर्मा लगायतले पुष ५ गते कारागार बाँकेको अनुगमन गरेका थिए ।
कारागारमा शिपमुलक तालिमको ब्यवस्था छैन । बिद्यालय शिक्षकको ब्यवस्था भए पनि प्रभावकारी शिक्षाको ब्यवस्था नभएको भनेर कैदीबन्दी अधिकारकर्मी समक्ष आफ्नो समस्या सुनाएका थिए ।
बोरिङ्गको पानी खाने गरेको एक जना जेष्ठ नागरिक थुनुवा बताउछन् । आयआर्जनको सवालमा कुरा गर्दा पहिला मैलेनै मुढा बनाउने गर्थै तर आजभोलि बाँस नै नपाएपछि केही गरिएको छैन । कैदी जीवन बिताइरहेको युवाहरुलाई आय आर्जनको नया नया आयाममा जोडिन सके कैदी जिवन विताइ सकेपछि आफनो ठाउंमा फर्कदा केही गर्न सकिने आँट आउथ्यो थुनुवाहरुले बताए ।
हामीलाई मुद्धाको सुनुवाई उपस्थित गराईदैन । हामी पनिमुद्धाको पेशीका दिनमा उपस्थित भएर आफ्नो मुद्धाको सुनुवाई हेर्न सुन्न पाए सन्तुष्टि मिल्थ्यो भनेर कैदीबन्दीले गुनासो सुनाएको अनुगमनमा गएका अधिकारकर्मीले बताए ।
अनुगमनका क्रममा कैदीबन्दीका लागी राज्यले उपलब्ध गराएको सुबिधा अप्रयाप्त रहेको, थुनुवाले आधारभुत मानव अधिकार उपभोग गर्न सम्म नपाएको पाईएको इन्सेकका कार्यक्रम अधिकृत सरस्वती मल्लले बताईन ।