भावुक योगी
बारबर्दिया नगरपालिका वडा नम्बर ४ बैरिया गाउँका १२ बर्षिय सुमित थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
स्थानीय बासिन्दाका अनुसार पाटे बाघको आक्रमणबाट ज्यान गएको भनिए पनि बाघ हो वा चितुवा हो अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
बबई नदिमा नुहाउन गएका बेला बबई नदि किनारको जिराहा सामुदायिक वन नजिकै बालकलाई आक्रमण गरि घाइते बनाएपछि उपचारका लागि आरसी थारु मेमोरियल अस्पताल जयनगरमा ज्यान गएको प्रहरीले जनाएको छ ।
डिभिजन वन कार्यालय बर्दियाका डिभिजन वन अधिकृत दोर्णराज शर्माले बबई नदि नजिक रहेको जिराहा सामुदायिक वनको किनारमा हिँडिरहेको अवस्थामा बालक सुमित थारुलाई चितुवाले आक्रमण गर्दा ज्यान गएको जानकारी दिनुभयो ।
त्यस क्षेत्रका गाउँबस्तीमा केही साता अघिदेखि चितुवाले आतंक मच्चाएको खबर आएको बताउँदै स्थानीय बासिन्दाले पाटे बाघ भनेपनि चितुवाले आक्रमण गरेको हुन सक्ने डिभिजन वन अधिकृत शर्माले बताउनुभयो ।
विगत केही साता यता बैरिया गाउँ लगायत आसपासका क्षेत्रमा चितुवाले बंगुर, बाख्रासमेत आक्रमण गरि मार्दै आएको स्थानीय बासिन्दाले जनाएका छन् । चितुवाको आक्रमणबाट बालक सुमित थारुको ज्यान गएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।