फरार पक्राउ

फरार अभियुक्त गुल्मी सत्यवति गाउँपालिका–७ घर भएका ४४ वर्षीय डिल बहादुर गलामीलाई प्रहरीले पक्राउ गरेको छ ।

महिलालाई दुर्व्यवहार गर्ने कार्यमा गलामी संलग्न रहेको खुल्न आएपछि उनलाई साइबर व्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा नेपालगन्जबाट सोमवार पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको बताइएको छ ।

म्यासेजिङ एपमा भएका कुराकानीलाई स्क्रिन रेकर्ड गरी सामाजिक सञ्जालमा अश्लिल सन्देशसहित पोष्ट गरी चरित्र हत्या गरेको भन्ने पीडित महिलाको उजुरीको आधारमा थप अनुसन्धान गर्ने क्रममा गलामी पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया