प्रहरीको गाडीले ठक्कर

नेपाल प्रहरीको गाडीले बाँकेको कोहलपुर नगरपालिका ८ पिपरी नजिकै मोटरसाइकलमा ठक्करदिँदा दुई जना घाइते भएका छन् । सोमवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीलाई स्कटिङ्ग गरिरहेको नेपाल प्रहरीको गाडीले मोटरसाइकल चालक देव बहादुर खत्री लगायत उनको श्रीमती समेत घाइते भएकी हुन् ।

प्रत्यक्षदर्शीका अनुसार, नेपालगन्जबाट कोहलपुर तर्फ आउँदै गरेका मुख्यमन्त्रीलाई स्कटिङ्ग गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरको गाडीले मोटरसाइकलमा ठक्कर दिएको थियो । सामान्य अवस्थाका घाइतेहरुको उपचार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया