टिप्पर चालकलाई कारबाही माग्दै दाङ बन्द आव्हान

दुर्घटनामा दुईको ज्यान गएपछि आन्दोलन घोषणा

टिप्परको ठक्करबाट मृत्यु भएकाका परिवारले घटनामा संलग्न टिप्पर चालकलाई कारबाही र उचित क्षतिपूर्ति नपाउँदासम्म नउठाउने भन्दै आन्दोलन थालेका छन् ।

घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१० नारायणपुरको झारबैरा चोकमा शुक्रबार राति भएको दुर्घटना हुँदा दुईको मृत्यु भएको घटनामा आन्दोलन थालिएको हो ।

      रा१क १३०७ नंको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको रा२प ५५८९ को मोटरसाइकलाई ठक्कर दिँदा प्यूठानको झिम्रुक गाउँपालिका–४ बाङे निवासी १७ वर्षीय विशाल जिसी र सोही जिल्ला नौबहिनी गाउँपालिका–६ लुङ निवासी १८ वर्षीय सागर केसी घाइते भएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शनिवार मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी जनकबहादुर मल्लले टिपरसहित चालक रोल्पाको रुन्टिगढी गाउँपालिका–९ का २६ वर्षीय इश्वर बुढालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिए ।

दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म शव अस्पतालबाट नउठाउने र आइतबार दाङ बन्दको आह्वान गरिएको संघर्ष समितिका संयोजक प्रमोद पोख्रेलले बताए । आन्दोलनका कारण दुवै जनाको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया