रुपनी जि एम
लुम्बिनी प्रदेश प्रहरी अस्पतालको दुईदिने तालिम सम्पन्न भएको छ । अस्पतालकै सभाहलमा बुधबारदेखि शुरु भएको तत्काल घटना स्थलमा गरिने फ्याकचर सम्बन्धीको दुईदिने प्राथमिक तालिम बिहीबार सम्पन्न भएको हो । कर्णाली र लुम्बिनी प्रदेशका गरी ४० जना जुनियर प्रहरी र अधिकृत तथा जवानहरुलाई उक्त तालिम दिईएको थियो ।
ओजुस हस्पिटलका डाक्टर आलोक पाण्डे, नेपालगञ्ज मेडिकल कलेजका डाक्टर दिनेश श्रेष्ठ, भेरी अस्पताल नेपालगञ्जका डाक्टर प्रकाश थापा तथा नेपाल मेडिकल कलेज टिचिंग हस्पिटलका डाक्टर विजेन्द्र अधिकारी लगाएतका टोलीले तालिममा सहभागीहरुलाई फ्याक्चर व्यवस्थापन सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।
नेपाल प्रहरी अस्पताल महाराजगंजका मेडिकल डाईरेक्टर एवं प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । डा सिंहले अस्पतालको अनुगमन र निरीक्षण गर्नुका साथै अस्पतालमा कार्यरत प्राविधिक प्रहरीहरुलाई बिरामीको उपचारमा सेवाभावले लाग्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो,‘प्राविधिक प्रहरीको काम भनेको प्रत्यक्ष रुपमा बिरामीको स्वास्थ्यसँग जोडिन जान्छ । त्यसो हुँदा स्वास्थ्य सम्बन्धि आफुले सिकेको सीप र ज्ञानलाई आफ्ना् मातहतमा रहेका अन्य प्राविधिक प्रहरीलाई पनि सिकाउनुहोला ।’ उक्त तालिममा एओ अलायन्सका नेशनल कोर्शका अध्यक्ष ईशान हस्पिटलका डाक्टर रमेश प्रसाद सिंहले नागरिकको स्वास्थ्य सुरक्षाका लागि प्राविधिक प्रहरीहरुलाई तालिमको आवश्यकता भएको बताउनुभयो ।
प्रदेश प्रहरी अस्पतालको आयोजना तथा एओ अलायन्सक कोर्शको समन्वयमा सम्पन्न उक्त तालिममा लुम्बिनी र कर्णाली प्रदेशका गरी ४० जना प्रहरी अधिकृत लगाएत जवानहरुको सहभागीता रहेको थियो । प्रहरीहरुको प्राविधिक क्षमता बढाउनका लागि यस्ता खाले तालिमको आवश्यक भएको प्रदेश प्रहरी अस्पतालका निर्देशक तथा प्रहरी वरिष्ठ उपरीक्षक डाक्टर अमिनकुमार श्रेष्ठले बताउनुभयो । डा श्रेष्ठे निरीक्षणक क्रममा रहनुभएका एआईजी सिंहलाई अस्पतालको गतिविधी र भौतिक संरचनाको विषयमा जानकारी दिनुभयो ।