आमाको महिमा

मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बुधवार नेपालगन्जमा आयोजित ‘आमा सेमिनार’ आमाको महत्व र महिमाबारे प्रस्तुतिकरण दिंदै ।

पहिलो पटक आयोजना गरिएको यसखाले सेमिनारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रशिक्षण दिँदै आएका सामाजिक अभियन्ता अधिकारीले सन्तानको जिम्मेवारी र सामाजिक दायित्वको विषयमा गहन धारणा राखिरहँदा सहभागीहरु मानवीय संवेदनाले ओतप्रोत भएका थिए ।

सडकमा रहेका आमा बाबाको सेवा तथा संरक्षणमा जुटेको मानवसेवा आश्रमले जन्मदाताप्रति सन्तानको दायित्व बोध गराउन र समाजमा सकारात्मत्मक सन्देस यसखालको सेमिनार गरेको बुझ्न सकिन्थ्यो । मानवसेवा आश्रमले २०८२ सम्म सहयोगापेक्षी बेवारिसे सडक मानवमुक्त नेपाल निर्माणको लक्ष्य घोषणा गरेर यसरी अगाडी बढेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया