२४ औं बर्षमा बास, भ्रष्टाचारविरुद्ध अभियान

सुशासनका लागि संगठित नेपालगन्जका युवा अभियन्ताहरुको संस्था, बास नेपाल २४ औं वर्ष प्रवेश गरेको छ । बासले आफ्नो स्थापनाको २३ औं बार्षिकोत्सव आइतवार विभिन्न कार्यक्रम गरि मनाएको हो ।

संस्थाकी केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा प्रमुख अतिथि लुम्विनी प्रदेश सरकारकी पूर्ब मन्त्री कृष्णा के.सी.ले भ्रष्टाचार बिरुद्धको अभियानमा सबै लाग्न जरुरी भएको औल्याइन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठ, मिना कुमारी बोहरा शिद्धिकी, बास नेपालका सल्लाहकार तथा बरिष्ट पत्रकार पूर्णलाल चुके, गैसस महासंघ बाँके शाखाका अध्यक्ष चन्द्र प्रकाश तिमिल्सिनाले मन्तब्य राखे ।

बासका केन्द्रीय महासचिब खुमेस सुवेदीले सञ्चालन गरेको बार्षिकोत्सब समारोहमा बासका उत्कृष्ट प्रदेश, शाखा र कर्मचारीको घोषणा बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।

बासका सूचना अधिकारी हेमराज भट्टका अनुसार, बार्षिकोत्सबको अवसरमा ७ ओटा प्रदेश मध्ये कर्णाली प्रदेश उत्कृष्ट प्रदेशको रुपमा सम्मानित भएको छ । त्यसैगरि, संस्थामा कार्यरत कर्मचारीहरु मध्ये कार्य सम्पादनको आधारमा ३ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारीद्धारा सम्मानित पनि गरिएको छ । कार्यक्रममा बिच बासका जन सम्पर्क अधिकृत माधब कार्की, लेखा अधिकृत राष्टि बुढा मगर र सामाजिक परिचालक तेज बोहरालाई उत्कृष्ट कर्मचारी को रुपमा सम्मान गरिएको थियो । कार्यालयमा मालीको रुपमा कार्यरत इस्लाम बागवानलाई पनि सम्मान गरिएको संस्थाले जनाएको छ ।

बार्षिकोत्सबमै सुमिता कुमाल र बासुदेब उपाध्याय उत्कृष्ट स्वयम् सेवकको रुपमा सम्मानित गरिएको छ ।

गायक पूर्ण थापा, गायक तथा कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाही, पूर्ब केन्द्रीय सचिब चम्फा कठायत, गायत बलु तामांग, गायीका टिना केसीले गीत प्रस्तुत गरेका थिए । भने कार्यक्रममा मन्जु थापा, सबिता गुरुंग, लौटन थारु र बसन्ती थारुले नृत्यु प्रस्तुत गरेका थिए भने बास नेपालमा कार्यरत कर्मचारीहरुले सामुहित नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया