ब्राउनसुगरसहित चार पक्राउ

बढैयाताल गाउँपालिका–७ बाट १ जना र सोही गाउँपालिका–२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।

लुम्बिनी प्रदेश प्रहरीका अनुसार, सोही गाउँपालिका–७ बाट पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–१५ बस्ने २४ वर्षीय निरज कुमार थारु रहेका छन् । भे.३ प २६९६ नम्बरको मोटरसाइकलमा सवार

उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले २२ ग्राम ५ सय ६० मिलिग्राम उक्त पदार्थसहित मंगलबार पक्राउ गरेको हो ।त्यसैगरि, बढैयाताल गाउँपालिका–२ फुटाहाबाट पक्राउ पर्नेमा सोही गाउँपालिका–१ ठूलो डाँफे बस्ने २२ वर्षीय रवी रसाईली समेत ३ जना रहेका छन् ।

प्रदेश २–०३–०१५ प ००९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले १ ग्राम ५ सय ३० मिलिग्राम उक्त पदार्थसहित मंगलबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया