किड्स फेस्टिभल : चार विधाका ११ तहमा प्रतिष्पर्धा

बाँकेमा बालबालिका लक्षित उत्सव नेपालगन्ज किड्स फेस्टिवलको दोस्रो संस्करणमा नृत्य, गायन, चित्रकला र वक्तृता चार विधामा प्रिस्कुल, प्राइमेरी र खुला गरी ११ तहमा प्रतिष्पर्धा गराइएको छ ।

बालबालिकाका निहीत प्रतिभा उजागर गर्दै उनीहरुका मौलिक सिर्जनालाई प्रतिष्पर्धात्मक रुपले प्रस्तुत गर्न शनिवार आयोजित नेपालगन्ज किड्स फेस्टिवलको दोस्रो संस्करणमा शनिवार भएको फाइनलबाट खुला एकल नृत्यमा दिलिप चुनारा प्रथम, स्वस्तिका गुरुङ द्वितीय र प्रेरणा थापा तृतीय भएका छन् ।

नेपालगन्ज किड्स फेस्टिवलका आयोजक लाइभवेलका अनुसार, प्राथमिक तहको एकल नृत्यमा इरिना शाक्य पहिलो, अधिरा बहेलिया दोस्रो र हिमानी भट्ट तेस्रो भएका छन् ।

निर्णायकमा प्रसिद्ध डान्स आइकन सुजन मार्पा तामाङ रहेको आयोजनामा प्रिस्कुल तहको एकल नृत्यमा इसिका एरी प्रथम, क्रिस्टिना थारु द्वितीय र विधि विष्ट तृतीय भए ।

त्यसैगरी सामूहिक नृत्यतर्फ खुला तहमा धम्बोझी स्कुलका दिलिप, बिसु समूह पहिलो, ड्रिम्स डान्स स्ट्डियोका विनायक, अनिकेत समूह दोस्रो तथा स्वस्तिका, सुहाना, रिदिमा, पूर्णिमा समूह तेस्रो भएका छन् ।

प्राथमिक तहमा जेएस स्कुलका संस्कृति,निहारिका,तृष्णा,जेनिसा,सुहाना समूह पहिलो, प्रज्ञालय स्कुलका साइसा, अधिरा, इरिना, आश्री, क्रिस्टिना, इसिकाको समूह दोस्रो र सोफिया स्कुलका स्वीकृति, सिवानीको समूह तेस्रो भएको आयोजकले जनाएको छ ।

त्यस्तै, प्रिस्कुल तहको सामूहिक नृत्यमा प्रज्ञालयका जेनिस, आरोग्य, दिप्केश, चिरञ्जीवी र आयुष्मान्को समूह प्रथम, रेहान्सी, प्रिन्सिसा, प्रियन्सी, नेमिस्ता, आर्शियाको समूह दोस्रो तथा मोर्डन क्रियटिभ स्कुलका लक्षिता, समीक्षा, प्राप्ति, समारिकाको समूह तेस्रो भए ।

खुला गायनतर्फ ब्राइटल्यान्डकी सन्ध्या महर पहिलो, सोफिया स्कुलकी सादिया रिजा मन्जरी दोस्रो र प्रोनिता सुनार तेस्रो भए । गायनको निर्णायकमा गायक, संगीतकार प्रभात सुवेदी तथा वरिष्ठ रेडियोकर्मी, लोकगायक कमल बिके निर्माही थिए ।

त्यसैगरी खुला वक्तृता प्रतियोगितामा युवराज बोगटी पहिलो, हिमाल कठायत दोस्रो र गरिमा खनाल तेस्रो भएका छन् ।

चित्रकला विधा अन्तर्गत खुलातर्फ सौम्या चौधरी पहिलो, सगुन सुनार दोस्रो र स्वस्तिका गुप्ता तेस्रो भएका छन् । प्राइमरी तहमा एबीसी स्कुलकी श्रृंखला निलसागर प्रथम, आयुषी जोशी दोस्रो र साहाना तस्रो भएका छन् । प्रिस्कुल तहमा प्रज्ञालयका परमार्थ प्रताप सिंह पहिलो, दृशान्त बुढामगर दोस्रो र इभा शर्मा तेस्रो भएको आयोजकले दिएको जानकारीमा उल्लेख छ ।

लाइभवेलका संस्थापक भोजराज शर्माले नेपालगन्ज किड्स फेस्टिवलको परिकल्पना गरि गत वर्षदेखि आयोजना हुँदै आएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया