विचार मन्थनको थलो बन्दै नेपालगन्ज कन्क्लेभ

म्याराथनको बौद्धिक ‘वार्मअप’को तयारी पुरा

धारा नेपालगन्ज म्याराथन एउटा स्थापित राष्ट्रियस्तरको म्याराथन बनाउने प्रयासमा आयोजकको सार्थक अग्रसरता भइरहँदा यसलाई अझ भव्य र एउटा उत्सवका रुपमा अघि बढाउन नेपालगन्ज कन्क्लेभ गर्न थालिएको छ ।
नेपालगन्ज कन्क्लेभलाई आयोजकले नेपालगन्ज साहित्य उत्सव–२०७३ को अर्को स्वरुपको श्रृंखलाका रुपमा अघि बढाउने निर्णय गरेको जनाएको छ ।

‘नेपालगन्ज कन्क्लेभलाई हामीले म्याराथनको बौद्धिक वार्म अप ठानेका छौं,’ तयारीमा जुटेका क्रियटिभ ह्याण्डस्का अध्यक्ष टिएस ठकुरी भन्छन्, ‘जहाँ खेलकुद् मात्रनभई समाज, अर्थ–राजनीति, साहित्य र सम्भावनाको विचार विमर्श हुनेछ ।’
यसवर्षको नेपालगन्ज कन्क्लेभ नवौं धारा नेपालगन्ज म्याराथनको अघिल्लो दिन ८ मंसिर २०८० माआयोजनाहुनेछ । ९ मंसिरमा म्याराथनको नवौं संस्करण हुनेछ । नेपालगन्ज म्याराथनले पश्चिम नेपालको खेल–पर्यटनको प्रबद्र्धनसमेत गरिरहेको छ ।

आयोजकका अनुसार, नेपालगन्ज कन्क्लेभ २०२३ मा उद्यमशीलता, खेलकुद्, महिला सशक्तिकरण, साहित्य, युवा रोजगार लगायत विविध विषयका ६ वटा सत्र हुने छन् । कन्क्लेभमा अभिनेता राजेश हमालसँग समाज, सिनेमा र साहित्यबारे विशेष संवादसमेत हुनेछ ।

कन्क्लेभका सत्रहरुः
१. पश्चिम नेपाल : उद्यमशीलता, पर्यटन र रोजगारी
प्रदीप छाजेड (सिइओ,केएल दुगड ग्रुप)
दीपकराज जोशी (पुर्व सिइओ, नेपाल पर्यटन बोर्ड, कार्यकारी निर्देशक ः नेपाल उद्योग परिसंघ)
गोपी हमाल,मेयर धनगढी उपमहानगरपालिका
सेवा पाठक,सिइओ : भायानेट
मोडरेटर : डा. ओम मिश्र (प्रबन्धनिर्देशक, मेरो प्लानेट)

२. खेलकुद सँग टुटेको कडी : शिक्षा, स्वास्थ्य र खेलकुद्
चुडामणि पौडेल (प्रमुख सचिव, कर्णाली प्रदेश)
शशी स्वाँर (स्कुल सञ्चालक, एबीसी स्कुल)
डा विकास नेपाल (मुटुरोग विशेषज्ञ)
सन्तोषी श्रेष्ठ (एथलिट, स्वर्ण पदकविजेता १३ औं दक्षिण एशियाली खेलकुद)
मोडरेटर : प्रकाश तिमल्सिना (सम्पादक हाम्रो खेलकुद डट कम)

३. आकाश धर्ती बराबरी : महिला सशक्तीकरण
क्या. भावना पन्त (नेपाल एयरलाइन्स अन्तर्राष्ट्रिय उडानमा पहिलो पाइलट)
पूर्णिमा श्रेष्ठ (पर्वतारोही, सगरमाथा, माउन्ट केटु, धौलागिरी, अन्नपुर्ण, अमादब् लम, मनास्लु)
श्रृच्छा प्रधान (मिस नेपाल वल्र्ड २०२३)
पार्वती थापा (पहिलो नेपाली महिला ओलम्पियन)
मोडरेटरः मोहना अन्सारी (पुर्व सदस्य, राष्ट्रिय मानवअधिकार आयोग)

४. नेपाली आख्यान : के पढ्ने के लेख्ने
नयनराज पाण्डे (साहित्यकार लेखक– उलार, यार, सल्लीपिर)
सुविन भट्टराई (साहित्यकार, लेखक–समर लभ, साया, सुफी, इजोरिया)
विवेक ओझा (साहित्यकार, लेखक– ऐंठन(मदन पुरस्कार विजेता)
सुरक्षा पन्त (अभिनेत्री)
मोडरेटर ः जनक नेपाल (सम्पादक, शिलापत्र डट कम)

५. स्वदेशमै सम्भव छ : युवा उद्यम र रोजगार
उपासना पौडेल (सिइओ, हिमालय रिइन्स्योरेन्स)
सहारा जोशी (अध्यक्ष, युवाउद्यमी संघ)
तिर्थ थापा (डाइरेक्टर, डल्फिन ग्रुप)
सचिन ढकाल (आईएमइग्रुप)
मोडरेटर : डा. नितेश कनोडिया (निर्देशक, नेपालगन्ज मेडिकल कलेज)

६. अभिनेता राजेश हमालसँगसंवादः समाज, सिनेमा र साहित्य
मोडरेटर : केशव सिग्देल (सहप्राध्यापक, त्रिभुवन विश्वविद्यालय)

क्रियटिभ ह्याण्ड्स आयोजक रहेको कन्क्लेभमा नेपाली युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरले सह–आयोजकका रुपमा सहकार्य गरेको जनाएको छ ।

सोमवार नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी र नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरका अध्यक्ष डा नितेश कनोडिया बीच कनक्लेभ आयोजनामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता गरिएको बताइएको छ । नेपालगन्ज कनक्लेभको निर्देशकका रुपमा पत्रकार जनक नेपाल सक्रिय छन् ।

दैनिक नेपालगन्ज प्रिन्ट मिडिया पार्टनरका रुपमा रहेको आयोजनामा क्रियटिभ बुक्स महत्वपूर्ण साझेदारका रुपमा छ भने कार्यक्रमको व्यवस्थापन क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले गर्नेछ । कान्तिपुर टेलिभिजन, शिलापत्र अनलाइन, जी नेपाल एचडी टिभी, हाम्रो खेलकुद् डटकम मिडिया पार्टनर छन् ।

प्रतिक्रिया

प्रतिक्रिया