इलेक्ट्रो हबमा आगलागी : लाखौंको क्षति

नेपालगन्जको घरबारी टोलस्थित सौगात इलेक्ट्रो हबमा अहिले आगलागी भएको छ ।

कारण खुल्न सकेको छैन । दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणमा ल्याइसक्दा ठुलो नोक्सानी भैसकेको देखिन्छ ।

समयमै नियन्त्रण प्रयास गरे पनि क्षति निकै भएको छ, घटनास्थलमा भेटिएका निवर्तमान वडाध्यक्ष सुनिलसिंह हमालले दैनिक नेपालगन्जसङ्ग भने, पूजापाठपछिको दीयोले हो कि जस्तो छ । उनले बिद्युत सर्ट भएर पनि आगलागी भएको हुनसक्ने बताए ।

आइतबारनै लक्ष्मीपूजाका लागि जलाइएको दियोबाट आगो सल्केर बाँकेको खजुरामा एक हार्डवेयर पसलमा आलागी भएको छ । खजुरा ५ धनौली नजिकैको एक पसलमा आज आगलागी भएको हो ।

लक्ष्मीपूजा गर्न जलाइएको दियोबाट सल्केको आगोले विष्णु वर्माले सञ्चालन गर्दैआएको धनौलीको बर्मा हार्डवेयरमा आगलागी भएको धनौली प्रहरीले जनाएको छ । 

आगलागीबाट पसलमा रहेको पेन्ट, सिमेन्ट तथा निर्माण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक अशोक मल्लले जानकारी दिए । 

प्रतिक्रिया

प्रतिक्रिया