रुपनी जि एम
प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पमा परेकाहरू मध्य पहिलो प्राथमिकतामा महिला, बालबालिका, जेष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राखेर राहत व्यवस्थापन गरिएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले शुक्रबार रोल्पा जिल्ला अस्पताल र थबाङको मोटरेवल पुल उदघाटनका लागि नेपालगन्जबाट रोल्पा प्रस्थान गर्ने क्रममा पत्रकारहरुसँग कुरा गर्दै सो कुरा बताउनु भएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो,”राहत व्यवस्थापनका लागि सरकारले पहिलो प्राथमिकतामा महिला, बालबालिका, जेष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई प्राथमिकतामा राखेको छ ।”
सोही क्रममा प्रधानमन्त्री प्रचण्डलाई लुम्बिनी प्रदेश सांसद नमुना केसीले बाँकेको नरैनापुर स्थित प्रशासकीय भवन र अस्पताल उदघाटनका लागि प्रस्ताव राख्नु भएको थियो । उक्त प्रस्तावमा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया जनाउनु भएको थियो । (रासस)
