नेपालगञ्ज एयरपोर्टमा ल्याण्ड हुँदै गर्दा बुद्ध एयरको सिसा चर्कियो

काठमाण्डौबाट नेपालगञ्ज आउँदै गरेको बुद्ध एयरको सिसा चर्किएको छ । बुधबार काठमाण्डौदेखि नेपालगञ्जका लागि उडेको बुद्ध एयरको फ्ल्याट चार सय ७ नं. को विमानको सिसा ल्याण्ड गर्नुभन्दा २० मिनेट अघि नै चर्किएको हो ।
बुद्ध एयर नेपालगञ्ज शाखा कार्यालय प्रमुख विनित शाहले विमानको पाईलट तिरको एउटा सिसा चर्किएको बताउनुभयो । उहाँका अनुसार सिसा चर्किएपछि सेड्यूलमा रहेको उक्त विमानमा रिटर्न जानका लागि टिकट काटिएका यात्रुहरुलाई पुन काठमाण्डौबाट अर्को रिलिफ विमान आएर पठाईएको छ ।

‘ल्याण्ड गर्ने समयमा विमानको सिसा चर्किएपछि हामीले अर्को रिलिफ विमान बोलाएर यात्रुहरुलाई भर्खरै उडाएका छौं ।’ शाहले भन्नुभयो,‘यो विमानको मर्मतका लागि काठमाण्डौबाट पाँच जनाको ईन्जिनियरको टोली नेलागञ्ज आई सकेको छ । भोली नै यस्को मर्मत हुन्छ ।’
बुधबार चार बजेर २५ मिनेटमा उड्ने उक्त चार सय ७ नम्बरको विमानको सिसा चर्किएपछि साँझ आठ बजेर ४५ मिनेटको अर्को रिलिफ विमानमा यात्रुहरुलाई पठाएको कार्यालय प्रमुख शाहले बताउनुभयो । रुपनी जि एम

प्रतिक्रिया

प्रतिक्रिया