सामाजिक अभियन्ता करुणा थापालाई ‘लैङ्गिक समानता अवार्ड’

अधिकारकर्मी, सामाजिक अभियन्ता करुणा थापालाई यस वर्षको ‘लैङ्गिक समानता अवार्ड’ प्रदान गरिएको छ ।


यूनाइटेड मिसन टु नेपालले नेपालभरि रहेको कार्यक्षेत्रहरुमा वर्षभरि भए/गरेका कामबाट लैंगिक समानतामा योगदान गर्ने विशिष्ट दुई जनालाई यो अवार्ड प्रदान गर्ने गरेको हो ।


एक महिला र एक जना पुरुषलाई प्रदान गरिंदै आएको यो अवार्ड यूनाइटेड मिसन टु नेपालले यो वर्ष महिलातर्फ लेखक/पत्रकार थापालाई प्रदान गरेको हो ।


यूनाइटेड मिसन टु नेपालले हरेक वर्ष आफ्नो वार्षिक सिकाई आदान प्रदान कार्यक्रममा उक्त अवार्ड प्रदान गर्दै आइरहेको छ । एक औपचारिक कार्यक्रमबीच यूनाइटेड मिसन टु नेपालका केन्द्रीय निर्देशक धन लामाले अवार्ड थापालाई हस्तान्तरण गरेका हुन् ।


झण्डै दुई दशक नेपालगन्जमा रही पत्रकारितामा सक्रिय करुणा थापाले समाचार सामाग्रीसँगै लंैगिक समानताको निम्ति विभिन्न लेखहरु प्रकाशित गर्दै आएकी छन् । लेखकका रुपमा पनि उत्तिकै सक्रिय थापा महिला तथा बालिकाहरुलाई उनिहरुको अधिकारको निम्ति सशक्तिकरणमा समर्पित छन् ।


‘लंैगिक हिंसाका अन्त्यका लागि प्रहरी प्रशासनसँगको सहकार्यमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरिरहेको, नाटकको स्क्रिप्ट लेखेर नाटक मार्फत जनचेतना फैलाएको’ भन्दै सामाजिक अभियन्ता थापाको अवार्ड हस्तान्तरण कार्यक्रममा प्रशंसा गरिएको थियो ।


बालिका सम्मेलनका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरेको र बालविवाह अन्त्यका लागि थापाले खेलेको भूमिका गरेको मूल्यांकन गर्दै यस वर्षको लैंगिक समानता अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । पुरुषतर्फ यो अवार्ड धनकुटाका सामाजिक अभियन्ता सुरेन्द्र बहादुर राईलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया