किशोरीको रहस्यमय मृत्यु: हत्या आशंकामा दुई पक्राउ

बाँकेको डुडुवा गाउँपालिका–१ बस्ने एक किशोरीको रहस्यमय मृत्यु भएको छ ।


अघिल्लो दिनदेखि बेपत्ता स्थानीय श्यामलाल हरिजनकी छोरी १२ वर्षीया रिता हरिजनको मंगलबार शब फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको हो ।


बाँके प्रहरीका अनुसार, ट्याक्टरले खेत जोत्ने क्रममा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले ट्याक्टर चालकलाई आवश्यक
सोधपुछको लागि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । डुडुवा गाउँपालिका–१ टेपरीस्थित खेतमा गाडिएको अवस्थामा किशोरीको शव फेला परेको हो ।


प्रहरी स्रोतका अनुसार, किशोरीको हत्या आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर बाँके प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘एक/दुई दिनमै हामी एउटा निष्कर्षमा पुग्छौं,’ घटनाबारे दैनिक नेपालगन्जको प्रश्नमा बाँके प्रहरी प्रवक्ता, डिएसपी नारायण डाँगीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया