आयोग सचिवमा खरेलको नाम सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगको सचिवका लागि मुरारी खरेलको नाम सिफारिस भएको छ । एक वर्षदेखि रिक्त उक्त पदमा कायममुकाम सचिव खरेलको नाम सिफारिस भएको हो ।

२०५९ असोज ११ गतेदेखि आयोगमा सेवा प्रवेश गरेका खरेल २०६६ साउनदेखि २०७५ साउनसम्म नेपालगन्जमा क्षेत्रीय निर्देशकको जिम्मेवारीमा थिए ।


तत्कालिन सचिव बेद भट्टराईको कार्यकाल सकिएपछि २०७८ जेष्ठदेखि कायममुकाम सचिवका रुपमा सेवारत खरेल आयोगको क्षेत्रीय निर्देशकका रुपमा झण्डै एक दशक नेपालगन्जमा रहेर जिम्मेवारी निर्वाह गरेका छन् ।


२०५९ असोज ११ गतेदेखि आयोगमा सेवा प्रवेश गरेका खरेल २०६६ साउनदेखि २०७५ साउनसम्म नेपालगन्जमा क्षेत्रीय निर्देशकको जिम्मेवारीमा थिए ।


सचिव बढुवा सिफारिस समितिले सिफारिस गरेका तीन जना सहसचिवमध्ये खरेलको नाम आयोगको मंगलबार बसेको बैठकले सचिवका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । त्यसैका आधारमा अब बस्ने मन्त्रिपरिषद् बैठकले खरेललाई सचिवमा बढुवा गर्नेछ ।


१३ संवैधानिक आयोगमध्ये १२ वटामा नेपाल सरकारले सचिव नियुक्ति गर्ने व्यवस्था छ । तर, मानव अधिकार आयोगलाई सचिव नियुक्तिको सिफारिस गर्नेसम्मको स्वायत्त अधिकार छ ।


आयोगका सदस्य डा. सूर्य ढुंगेलको अध्यक्षतामा गठित सचिव बढुवा सिफारिस समितिले खुला प्रतिस्पर्धा गराएर तीन जनाको नाम आयोगमा सिफारिस गरेको थियो । जसमा पहिलो नम्बरमा आयोगका कामु सचिव खरेल, दोस्रोमा सहसचिव यज्ञ अधिकारी र तेस्रोमा सहसचिव डा.टीकाराम पोखरेललाई सिफारिस गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया