निलम्बनमा डिएसपी भट्टराई

गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईलाई निलम्बन गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत उनीमाथि यौन हिंसाको उजुरी परेपछि गृह मन्त्रालयले निलम्बन गरेको हो ।

हुम्लाका प्रहरी प्रमुख डिएसपी भट्टराई उपर रक्सी खाएर महिलामाथि यौन दुव्र्यवहार गरेको उजुरी परेपछि गृह मन्त्रालयले निलम्बन गरेको बताइएको छ । सम्बद्ध प्रहरी स्रोतका अनुसार, कार्यालयकै महिला प्रहरीले मदिराको नशामा आफुमाथि डिएसपी भट्टराईले यौन दुव्र्यवहार गरेको उजुरी प्रधान कार्यालयमा हालेकी थिइन् ।

प्रतिक्रिया

प्रतिक्रिया