सुरक्षा अधिकारीको विदाई


कर्मचारी मिलन केन्द्र बांकेले बांकेले गृह मन्त्रालयमा सरुवा हुनु भएका बाकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्य तथा प्रहरी प्रधान कार्यालय सरुवा हुनु भएकाबांकेका प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरलाई बांकेको सांस्कृतिक र पर्यटकिय झलक सहितको मायाको चिनो उपहार र खादामाला सहित बांकेबाट बिदाई गरिएको छ ।

उक्त विदाई कार्यक्रम कर्मचारी मिलन केन्द्रका अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा तथा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रसान्त विष्टको प्रमुख आतिथ्यता गरिएको कार्यक्रबीच विदाई गरिएको हो ।
विदाई कार्यक्रममा आफ्ना धारणा राख्दै प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बांके रहंदा बस्दा सहयोग गर्नु हुने सबै लाई धन्यवाद दिदै आफु बांकेको छिमेकी जिल्ला बर्दियाको वासिन्दा भएको र बांके आफ्नो समरणमा रहने बताउनु भयो ।


प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बांकेको आफ्नो करिव एक वर्षको बसाई सहज भएको बताउदै जिल्लामा रहंदा बस्दा सहयोग गर्नु हुने राजनैतिकदल, जन प्रतिनिधी, कर्मचारीका साथै नागरिक समाज तथा सबै बांके बांसीलाई धन्यवाददिनु भयो । कर्मचारिका लागि सरुवानियमितप्रकृया भएको बताउदै आउदा दिनमा आफु जहां भएपनि बांके र बांके वासीदाजु भाईलाई संधै सम्झिरहने बताउनु भयो ।


नेपालगञ्ज उपमहांनगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले कर्मचारीका लागि सरुवा नियमित प्रकृया भएको बताउदै यस जिल्लामा सेवा गर्ने सबै राष्ट्र सेवकहरुले आउदा दिनमा समेत सधै सम्झनु पर्ने बताउदै बांकेमा काम गरेका सबै कर्मचारीहरुले आउदा दिनमा बांकेको विकास निर्माण, उद्योग व्यापार, पर्यटन, कृषि, शिक्षालगायतका बिषयमा आफ्नो सकारात्मक सहयोग गर्नु पर्ने समेत बताउनु भयो ।


कर्मचारी मिलन केन्द्र बांके्रका उपाध्यक्ष गोविन्दपसाद पाण्डेले सञ्चालन गरेको कार्यक्रममा नागरिक समाजका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, मिलन केन्द्रका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

प्रतिक्रिया