नेपालगन्जमा कर्फ्यु कहिले सम्म ?

नेपालगन्जमा राती १० बजेपछि विहान ४ बजेसम्म प्रहरीले कडाई गरेपनि अन्य समय खुकुलो हुँदा विस्तारै बजार चलायमान हुन थालेको छ । (तस्विरः हारुन अन्सारी/दैनिक नेपालगन्ज)

गत साता मंगलबार १ बजेदेखि जारी कर्फ्यु र निषेधाज्ञा पूर्ण रूपमा हटेको छैन । बिहीबारदेखि दिउँसोमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेपनि रात्रीकालीन कर्फ्यु अझै कायमै रहेको छ ।

नेपालगन्जको अवस्था सामान्य हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले रातीको समयमा कर्फ्युको अवधी घटाउँदै लगेपनि पूर्णतया हटाएको छैन ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार सूचना जारी गरेर सोमबार राती १० बजेदेखि मंगलबार विहान ४ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

दिउँसोका समयमा निषेधाज्ञा जारी गर्दै प्रशासनले धर्ना, जुलुस प्रदर्शन, सामूहिक भेला हुन रोक लगाएको छ । प्रशासनले अवस्था सामान्य हुँदै गएपछि बिस्तारै कर्फ्यु र निषेधाज्ञाको समय घटाउँदै लग्ने बताएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया