सामाजिक सञ्जालबाट विद्वेष फैलाउनेलाई कारवाही गरिने

रुपनी जि एम
बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भड्काउने जो कसैलाई पनि कारवाही गर्ने निर्णय गरेको छ ।


सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भड्काउने, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने जस्ता कानून विपरितका कार्यहरु गर्ने कुनै पनि व्यक्तिहरुलाई तत्काल कानून बमोजिम कडा कारवाही गरिने निर्णय गरिएको बाँकेका प्रजिअ विपिन आचार्यले बताउनुभयो ।


प्रजिअ आचार्यका अनुसार बैठकले शान्ति सुरक्षाको वर्तमान अवस्थालाई पूर्णरुपमा सामान्य अवस्थामा ल्याउने र नेपालगञ्ज क्षेत्रमा हाल जारी रहेको कफर््यु आदेश क्रमशः खुकुलो बनाउदै लगी पूर्ण रुपमा हटाउन जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।


प्रजिअ आचार्यका अनुसार त्यसैगरी सामाजिक सद्भाव कायम राख्न र अब उप्रान्त सद्भाव भड्किन नदिने प्रतिवद्धता गर्ने, सबै क्षेत्र, तह र तप्काको उल्लेख्य सहभागिता हुने गरी सद्भाव ¥याली केहिदिन भित्र आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।


दुई दिनदेखि अशान्त रहेको नेपालगञ्जलाई धार्मिक सद्भाव कायम गरी पुरानै लयमा फर्काउने विषयमा बुधवार जिल्ला प्रशासन कार्यलय बाँकेमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकमा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेय, गृहसचिव लालबाबु कबारी, प्रतिनिधिसभा सदस्य डा. धवल शम्सेर राणा, प्रदेश सांसद कृष्णा केसी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, पूर्व शहरी विकासमन्त्री ईश्तियाक राई, नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख डिआइजी उमेश राज जोशी, सशस्त्र प्रहरी डिआइजी अभि कुमार खत्री लगाएतको सहभागीता थियो ।


यस्का साथै उक्त बैठकमा जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुख, स्थानीग जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, सामाजिक संघ संस्था, विभिन्न धार्मिक गुरुहरु तथा मुस्लिम अगुवा र हिन्दु अगुवाहरु लगायतको उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया

प्रतिक्रिया