रिगल आममाफीप्रकरणः राष्ट्रपतिपौडेल माथि पीडितको प्रश्नैप्रश्न,


चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफी यति बेला सर्वत्र आलोचनाको विषय बनेको छ । नवौं संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएकाथिए । रिगल उक्त घटना हुँदाकाबखत नेपालीकांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए ।
हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँके कातत्कालीनन्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहितजन्मकैदको सजाय सुनाएको थियो । साथै, उक्त घट्नामा संलग्नअन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीनवर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।


रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजीचोकमा दिउँसो ३ बजेतिर चेतनमानन्धर माथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । मृत्तक चेतनकी श्रीमती भारती मानन्धरले आममाफीको विरुद्धमा भोलिदेखि काठमाडौंको माईतीघरमा रिले अनशन सुरु गर्ने घोषणा गरेकीथिन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै उनले आफूजस्तै आम पीडितको न्यायकालागिआममाफीका विरुद्ध रिले अनशन बस्न लागेको बताईन् ।


ठूला भनिने नेताहरुले नै गुण्डा पालेकाकारण पीडकले उन्मुक्तिपाएर पीडित झनै पीडित बन्नुपर्ने आवस्थाआएको उनको गुनासो छ । रिगलको पक्षबाट पहिलापनिउक्त घट्नालाई दबाउनकालागि धेरै फोन आएको, पैसाको प्रलोभन देखाएको र धाकधम्कीदिएको उनको भनाई छ । चेतनको न्यायको लागिआफू कुनै धाक, धम्की र प्रलोभनमानपरी निरन्तर लडिरहने उनको भनाई छ ।


घट्ना घटेको आठ वर्ष भइसक्दापनिअझैं उक्त घटनाबाट बाहिर निस्कननसकेको अवस्थामाआममाफीले झनै पीडा दिएको उनले बताईन् । उक्त घटनादेखि डिप्रेसनको औषधीखाँदै आएकोमाआममाफीले झनै पीडा दिएको उनको भनाई छ ।
‘घटना भएको आज आठ वर्षभयो । तर, आजसम्म म त्यसको पीडाबाट बाहिर निस्कन सकिरहेको छैन । डिप्रेसनको औषधीअझैपनिचलिरहेको छ ।’ उनले भनिन्,‘मनदेखि नै म उहाँलाई निकाल्न सक्दिनँभने म त्यो घटना कसरी विर्सन सक्छु ?’
चेतनको हत्यारा कारागारमा छ भन्दापनिआफूलाई विगतमा केही राहतमहसुशभएको उनको भनाई छ । राष्ट्रपतिले आममाफीदिएर पुनारो घट्नाको पीडा फेरी दोहा¥याइदिएको उनको आरोप छ ।
‘जो मान्छेले मेरो जीवनतहसनहस बनायो, त्यो मान्छे कारागारभित्र छ भन्ने थियो । तर, अहिले राष्ट्रपतिले यो पीडा दोहा¥याइदिनुभयो । जुन म पहिला पीडामा थिएँ, फेरी दोहो¥याइदिनुभयो । पहिलाको दृश्य मेरो आँखामाझलझलीभइरहेको छ,’– उनले भनिन् ।
हत्यारा छ्ुट्नुले देशमाकानुननभएको महसुशभइरहेको उनले बताईन् । केही समय वातावरण शान्तबनाएर पीडकलाई राज्यले फूलमालासहित स्वागत गरेर निकालेको भन्दै उनले आपत्तिजनाईन् । आफूले लामो कानुनी लडाईँबाट रिगललाई कारगार पुर्याएको बताउँदै उनले पीडित परिवारको सहमतिविना राष्ट्रपतिलाई आममाफीदिने अधिकार हुननहुने बताईन् । उनले राष्ट्रपतिलाई ‘आममाफीभनेको के हो ?तपाईँलाई त्यो अधिकार कसले दियो ?’ भन्दै प्रश्न समेत गरिन् ।
‘राष्ट्रपतिलाई म सोध्न चाहन्छु– आममाफीभनेको के हो ? जसरीे त्यत्रो महिना संघर्ष गरेर हामीले उसलाई कारागार पु¥याएको हो, त्यसैगरी आममाफीदिने वानदिने हामीलाई अधिकार हुनुपर्ने हो । आममाफीको जवाफमलाई चाहियो,’– उनले भनिन् ।
हत्यारालाईआममाफीहुने हो भने राज्यले आफूलाई पनिहतियार दिनुपर्ने उनको माग छ । आममाफीमिल्ने हो भने आफूपनिमार्नकालागितयार रहेको उनको भनाई छ । ‘त्यसो हुन्छ भने हामी पीडित छौं, हामीलाई पनिहतियार देउ । हामीपनिमारेर बस्छौं, आममाफी मिल्छ भने,’– उनले भनिन् ।


मनलाग्दीआममाफीदिने सरकारलाई जनताले सबक सिकाउनआवश्यक रहेको उनले बताईन् । उनले आममाफीकाविषयमा राष्ट्रपतिलाई प्रश्नैप्रश्नगरिन् । यो घटना तपाईँको छोरी चेलीलाई परेको भएन्यायमाग्नकालागि यसरी नै मिडियामा आएर रुने गराउनुहुन्थ्यो भनेर उनले राष्ट्रपतिमाथि प्रश्नगरिन् ।
‘यदि मेरो ठाउँमा उहाँ (राष्ट्रपति) को छोरी चेलिबेटी हुनुहुन्थ्यो भने उहाँले के गर्नुहुन्थ्यो ?’ प्रश्नगर्दै उनले भनिन्,‘मिडियामा आएर रोएर, कराएर अधिकारको लागि लड्नुपर्ने मेरोजस्तै गराउनुहुन्थ्यो होला त?यस्तै दिन देखाउनुहुन्थ्यो होला त आफ्ना छोरी चेलीलाई ? जस्तो आजमलाई यो दिन देखाउनुभयो । न्यायकालागिगुहार मान्छे बनाउनुहुन्थ्यो होला त ?’
हत्याअभियोगमाजन्मकैदको सजायपाएको रिगलको आममाफीको घट्नाले आफूले फेरी मरेको महसुश गरेको उनको भनाई छ । रिगलको विरुद्धमा कसैले पनिबोल्ने आँट नगरेको भन्दै उनले आपत्तिजनाईन् ।


‘आममाफीको खबर मैले सुनें, म मरिसकेको महसुश गरेको छु । सरकारले उसलाई आममाफीदियो भने मैले कहाँगएर गुहारमाग्ने ?’ प्रश्नगर्दै उनले भनिन्,‘हत्यारा हो, भोलिउसले हामीलाई पनि मार्छ भन्ने डर र त्रासकाकारण कोहीपनिबोल्ने आँट गरेनन् । मैले कसैको पनि साथ सहयोग पाएको छैन ।’


एउटा हत्यारालाई आममाफीदिँदा पीडक परिवारको सहमतीनलिनु दुःखदभएको उनको भनाई छ । जिन्दगीतहसनहस भएकाहरुलाई बेवास्तागर्दै घुम्ने कुर्सीमा बसेर आममाफीको पत्रमा सहीगर्ने अधिकार राष्ट्रपतिलाई नरहेको उनको भनाई छ । आममाफीदिने वानदिने भन्ने अधिकार आफू र आफ्नो परिवारमानिहितहुनुपर्नेउनको भनाई छ । राष्ट्रपतिले एकपटक मरिसकेको मान्छेलाई आममाफीको नाममा फेरी मारेको उनको टिप्पणी छ ।
‘राष्ट्रपतिजस्तो व्यक्तिले मलाई आज फेरी मार्यो । मरिसकेको मान्छेलाई फेरि मार्यो । यत्तिकावर्षसम्म त म मरेकै थिएँ, आममाफीले मलाई फेरी मार्यो,’– उनले भनिन् ।
पत्रकार सम्मेलनमापत्रकार तथा समाजसेवीआशिषमल्ल ठकुरीले आममाफीको विरुद्धमा सुरु हुने रिले अनशनमा समर्थन जनाउनकालागिनागरिक समाज, बुद्धिजीवी, मानवअधिकारकर्मी र पत्रकारहरुलाई आग्रह गरे । उनले आफूले गोलीखान परेपनिअन्याय र अत्याचारको विरुद्धमा लडिरहने प्रतिवद्धता जनाए । असोज १७गते विहान १० बजेदेखि माईतीघर मण्डलामा सुरूहुने रिले अनशनमा समर्थन जनाउनउनले सबैसमक्षआग्रह गरे ।


सामाजिकअभियन्ता सावित्री सुवेदीले आफू भारतीमानन्धरले न्याय पाउनुपर्छ भन्ने पक्षमा रहेको बताईन् । उनले राष्ट्रपतिलाई प्रश्नगर्दै भनिन्,‘यो देश पीडितको होईन ? यो देश महिलाको होईन ?अपराधीलाई र बलात्कारीलाई आममाफीदिनपाईदैन ।’ आममाफीका विरुद्धमा सुरु हुने रिले आनशनमा पूर्ण समर्थन रहेको उनले बताईन् ।

मृतक चेतनकी श्रीमती राष्ट्रपतिसँग सोध्न चाहन्छिन्– हत्यारालाई माफीको अर्थ के हो ?

प्रतिक्रिया

प्रतिक्रिया