नेपाल माइक्रो इन्स्योरेन्सको नेपालगन्जमा शाखा सञ्चालन

नेपाल माइक्रो इन्स्योरेन्सले नेपालगन्जमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ ।


कृषि विकास बैंकका प्रमुख प्रबन्धक अनुज बस्नेत र नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमालले बुधवार नेपालगन्ज शाखाको औपचारिक शुभारम्भ गरेका हुन् ।


नेपाल माइक्रो इन्स्योरेन्सका डेपुटी सीईओ लगायत कम्पनीका अन्य प्रमुख प्रतिनिधिहरुको उपस्थितिमा भएको नेपालगन्ज शाखाको उद्घाटनमा प्रमुख कार्यकारी अधिकृत रिमालले ‘नेपाल माइक्रो इन्स्योरेन्सको शाखा विस्तार रणनीतिमा एक महत्वपूर्ण कोसेढुङ्गाको अगाडी बढेको’ बताए ।

‘गुणस्तरीय लघुबीमा सेवाहरू उपलब्ध गराउने कुरामा हामी प्रतिबद्ध छौं,’ नयाँ शाखाले स्थानीय समुदायको बीमा आवश्यकताहरू पूरा गर्ने, लघु बीमा उत्पादनहरूको विस्तृत दायरा प्रदान गर्ने विश्वास दिलाउँदै रिमालले भने ।


प्रमुख कार्यकारी अधिकृत रिमालले नेपालगन्जका जनताका लागि नवीन र सस्तो बीमा समाधानहरू सिर्जना गर्न कृषि विकास बैंक जस्ता वित्तीय संस्थाहरू र नेपाल माइक्रो इन्स्योरेन्स जस्ता लघु बीमा कम्पनीहरूबीचको सहकार्यको सम्भावनालाई पनि कार्यक्रममा प्रकाश पारेका थिए ।

प्रमुख अतिथि, कृषि विकास बैंकका प्रमुख प्रबन्धक अनुज बस्नेतले नेपालगन्जमा नेपाल माइक्रो इन्स्योरेन्सको नयाँ शाखा खोलेकोमा खुशी व्यक्त गर्दै यस क्षेत्रका व्यक्ति तथा व्यवसायलाई आर्थिक सुरक्षा प्रदान गर्न लघुबिमाको महत्वलाई जोड दिएका थिए ।


नेपाल माइक्रो इन्स्योरेन्सका नेपालगन्ज शाखा प्रवन्धक निर्मल कुमार साउदले ग्राहक केन्द्रित सेवाप्रति शाखा प्रतिबद्ध रहेको बताए । ‘नेपाल माइक्रो इन्स्योरेन्सले नेपालगन्जको वित्तीय र बीमा परिदृश्यमा पार्ने सकारात्मक प्रभावका बारेमा विश्वस्त पार्न चाहन्छु,’ शाखा प्रवन्धक साउदले दैनिक नेपालगन्जसँग भने ।

प्रतिक्रिया

प्रतिक्रिया