नापी कार्यालयमा गुनासाका भारी

नेपालगन्जस्थित नापी कार्यालयप्रति निकै गुनासा पाइएका छन् ।


सेवाग्राही नागरिकले समयमा काम नगरिदिने कर्मचारी प्रवृत्तिदेखि कार्यालयमा पाइएका फोहरसम्मका विभिन्न गुनासा व्यक्त गरेका हुन् ।


सरकारी प्रक्रियाहरु निकै झण्झटिलो र सबै प्रक्रियाहरु सेवाग्राहीहरुलाई जानकारी नहुँदा परेका समस्या नागरिकले व्यक्त गरेको बास नेपालले जनाएको छ ।


‘एउटै कामका लागि बारम्बार धाउनु पर्ने समस्या, कर्मचारीका साधन पार्किङको राम्रो ब्यवस्था भएपनि आफ्नालागि भने निकै समस्या भएको गुनासो सेवाग्राहीको पाइयो,’ कतिपय कर्मचारीको बोली र व्यवहार राम्रो नभएकोसमेत गुनासो पाइएको जानकारी दिंदै बासले भनेको छ ।


बास नेपालले बुधवार नापी कार्यालय नेपालगन्जमा नागरिक गुनासो संकलन कार्यक्रम गरेको थियो । सेवाग्राहीहरुको प्रत्यक्ष भिडभाड रहने सरकारी कार्यालयहरुमा सेवाग्रहीहरुले पाउने सेवा सुबिधा सरल र सहज रुपले पाईरहेका छन या छैनन् भन्ने हेतूले उक्त कार्यक्रम गरिएको बासको भनाइ छ ।


सेवाग्राहीहरुबाट प्राप्त गुनासोहरु संकलन गरी सम्बन्धित कार्यालय प्रमुखलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराउने उद्धेश्यले बास नेपालले गर्दै आएको नागरिक गुनासो संकलन कार्यक्रममा बुधवार मात्रै ७० जना सेवाग्राहीहरु बाट गुनासो संकलन गरिएको थियो ।


‘सबै पालिकाहरुको ट्रेस नक्सा एउटै फाँटबाट दिने गरेकाले सेवाग्राहीहरु लामो समय लाइनमा बस्नु पर्ने अवस्थाले समस्या देखिएको छ,’ टोकन प्रणाली लागु गर्नुपर्ने माग आएको जनाउँदै सुझाव संकलनकतार्तले भनेका छन्, ‘कम्तिमा फाँटको बहिर महिला,ूरुष तथा जेष्ठ नागरिकहरुको लागि अलग अलग लाइन आवश्यक देखिन्छ ।’


एकदिन अगाडी नै नापी कार्यालयका प्रमुख सहदेव सुबेदीलाई कार्यक्रमको बारेमा जानकारी गराएर गुनासो संकलन गरिएको बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले जानकारी दिए ।


कार्कीको संयोजकत्वमा बास नेपालका प्रशासन अधिकृत शुद्ध चौधरी,असल शासन मिडियाबाट अशोक रावल, इन्टर्न निशा बिश्वकर्मा, नानीमाया जैसी स्यंवसेवकहरुमा छत्र सुनार र रचना शर्माले गुनासो संकलन गरेका हुन् ।

कार्यालय प्राङ्गणमा पान,गुट्का खाएर जथाभावी थुक्ने गरेकाले फोहोर देखिने,कार्यालयको शौचालय सफा नभएको,महिला शौचालय एकदमै फोहोर रहेको, कार्यालय भित्र डस्टबिन समेत नभएको जस्ता गुनासा संकलन गरिएको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया