मानसिक स्वास्थ्यका बिरामीहरु दैनिक रुपमा बढ्दै

भेरी अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. लिला देवकोटाका अनुसार मानसिक स्वास्थ्यका बिरामीहरु दैनिक रुपमा बढ्दै जानुले पनि यस बारे थप रणनीतिक योजना बनाई समयमा नै लाग्नुपर्नेमा जोड दिनुभयो । 

“अब हामी अन्य मानिसको जीवनमा आशा जगाएर दृढ विश्वासले मात्रै आत्महत्या रोकथामका निम्ती प्रेरित गर्दछ । यसमा नेतृत्वकर्ता सचेत नभए आत्महत्याले थप चुनौति दिने डाटाले देखाइसक्यो” नयमितको मानसिक स्वास्थ्य सेवा र मनोसामाजिक परामर्शका कारण फ्लोअपको दर पनि बढेको उनले बताईन् । आत्महत्या दर रोकथाम गर्न सकिन्छ भन्ने बारे बहुपक्षिय ढंगले काम गर्न सकेमा आत्महत्या दर घटाउन सकिने डा. देवकोटाले दैनिक नेपालगन्जलाई बताइन् ।

आत्महत्या रोकथामका निम्ती राज्यले केही प्रयास गरेको भएता पनि अझै यसमा लगानी आवश्यक परेको डा. देवकोटाले बताईन् । 

आत्महत्या सोचाई आउनु एक अवस्था हो जसमा आशाविहिनता, साहारविहिनता, जीवनको अर्थ नपाउनु लगायतका बढी भए पनि यसैको सकरात्मक ढंगले परिवार, इष्टमित्र वा प्रियजनले आशाको संचार गर्ने, असहज परिस्थीतिमा आफु सहयोगी हुनसक्ने र तिमी मेरो लागि महत्वपुर्ण पात्रहो भने पनि आत्महत्या रोक्न सकिन्छ । 

खुलेर आत्महत्याको सोचाई बारे र आत्महत्याको विकल्पका कुरा गर्नु पर्ने बताइन्छ । आत्महत्याको सोचाई आएमा तालिम प्राप्त स्वास्थ्यकर्मी, मनोसामाजिक परामर्शकर्ता, मनोचिकित्सक वा आत्महत्या रोकथामको न्यूनिकरणका निम्ती रहेको ११६६ हटलाइन बारे सबैलाई सचेतना फैलाउनु पनि आत्महत्या रोकथामको ठूलो प्रयास रहेको विज्ञहरुको सुझाव छ । 

मनोसामाजिक परामर्शकर्ता कमला कुमारी डाँगी आत्महत्या प्रयास गर्ने अधिकाशं व्यक्तिहरुले आफुले आत्महत्या गर्ने प्रयास गर्नु भुल रहेको र मनोपरामर्शले बचाउन मद्दत गर्नेगरेको बताईन् ।

“आत्महत्या प्रयास गर्ने केशहरुले जीवन सुन्दर भएको र यस्ता गल्ती गर्न नहुने बारे सचेत भएको बताउने गर्नुहुन्छ । यसको निष्कर्ष के हो भने, नियमित मनोपरामर्श सेवा प्रदान गर्ने वा आशा जगाए मात्रै पनि आत्महत्या दरमा कमी ल्याउन सकिन्छ । ” मनोसामाजिक परामर्शकर्ता डाँगीले थपिन् । 

प्रतिक्रिया

प्रतिक्रिया