आज मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस

आज मानवबेचबिखन विरुद्धको राष्ट्रिय दिवस । दिवसका अवसरमा मानवबेचबिखन विरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम हुने गरेका छन् । सङ्गठित अपराधका रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराधको स्वरूप परिवर्तन हुँदै गएको त्यस्ता अपराध सम्बन्धी तथ्यांकले देखाउँछ । 


पछिल्लो समय प्रविधिको प्रयोग मानव बेचबिखनका लागि चुनौति बन्दै गएको सम्बद्ध क्षेत्रमा क्रियाशिल संघ, संस्था तथा प्रहरी अधिकारीहरूले बताउँदै आएका छन् । जुनसुकै समूह र वर्गका व्यक्तिहरू पछिल्लो समय बेचबिखनमा पर्ने गरेको तथ्यांकमा देखिने गरेको छ ।
बाँके भारतसँग खुला सीमा जोडिएको जिल्ला हो । मानवबेचबिखन रोक्नका लागि मुख्य नाकाबाहेक भित्री नाकाहरूमा समेत मानवबेचबिखन विरुद्ध क्रियाशिल संघ, संस्थाले निगरानी बढाएका छन् । संघ, संस्थाको जोखिमपूर्ण यात्रा र उद्दारको संस्था संख्या ठूलै हुने गरेपनि मानवबेचबिखन विरुद्ध मुद्दा भने न्यून रूपमा रहने गरेको पाइएको छ । 


कतिपय जोखिमपूर्ण यात्रा र बेचबिखनको शंका रहेपनि आफन्त नै संलग्न हुँदा मुद्दामा पीडितको उजुरी नआउने हुँदा मुद्दामा नजाने गरेको अधिकारकर्मी बताउँछन् ।


शान्ति पुनः स्थापना गृह, बाँकेले आर्थिक बर्ष २०७९-०८० मा मात्रै बाँकेका विभिन्न नाकाबाट २ सय ८८ मानब बेचविखनको जोखिममा रहेका युवती र महिलाको उद्दार गरेको तथ्यांक सार्वजनिक गरेको छ । जमुनाह नाकाबाट २ सय ३३, जानकीको शिवपुरी नाकाबाट २२, डडुवाको खडैचा नाकाबाट १२, नरैनापुरको सुइया नाकाबाट ४ र कोहलपुर बसपार्कबाट १७ जनाको उद्धार गरिएको शान्ति पुनस्र्थापना गृहको तथ्यांक रहेको छ । शान्ति पुनस्र्थापना गृहले गत आ.व.मा ४ वटा मुद्दा मानब बेचविखन तथा ओसारपसार सम्वन्धी घटना दर्ता गराउन भूमिका निर्वाह गरेको छ । पुनस्र्थापना गृहले आर्थिक बर्ष २०७९-८० मा भारतबाट २२ जनाको उद्दार गरेको थियो । गत आ.व.मा संस्थामा खोजतलासका लागि परेको १७२ निवेदनमध्ये १२४ जना भेटिएका थिए । 


त्यस्तै, मानवबेचबिखन विरुद्ध क्रियाशिल संस्था माइती नेपालले गत बर्ष सन् २०२२ मा खोजतलासका लागि ६ सय ९३ निवेदन परेकोमा २ सय ४९ जना फेला परेको जनाएको छ । माइती नेपालले सन् २०२२ मा ५ सय २९ जनाको सीमाबाट उद्दार गरेको छ । बोर्डरबाट परामर्श गरी ५ सय २७ जनालाई   यांक रहेको छ । 
नेपालमा मानव बेचबिखन आज पनि एउटा विकराल समस्या नै हो । कुनै समय भारतका कोठीहरूमा बेचबिखन गरिएका नेपाली चेलीहरू आज विश्वभरि नै मानव तस्करहरूले वैदेशिक रोजगारीका नाममा बेचिरहेका छन् । चेली मात्र नभई जोखिमपूर्ण काम र मानव अङ्ग तस्करका लागि नेपाली पुरुषहरूको पनि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बेचबिखन भई नै रहेको छ । फरक स्वरूप र परिवेशमा मानव बेचबिखनका घटनाहरू झनै बढिरहेको छ । हुन त नेपालमा मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बनेको छ । तर, उक्त ऐन तथा नियमावलीको उचित कार्यान्वयन नहुँदा महिला बेचबिखन विरुद्धको काम पूर्ण रूपमा सफल हुन सकेको छैन । महिला बेचबिखन हुन नदिन तथा बेचबिखनमा परेको चेलीलाई उद्धार गर्न सरकारले आठ पुनर्स्थापना केन्द्रको स्थापना गरेको छ । तर यी केन्द्रको सञ्चालन र चेलीहरूको पनि यथोचित व्यवस्थापन हुन सकेको छैन ।#dainiknepalgunj
 

प्रतिक्रिया

प्रतिक्रिया