कक्षा १२ को परीक्षामा ५१ प्रतिशत विद्यार्थी पास भएका छन् । गत वर्ष ४९ प्रतिशत विद्यार्थी सबै विषयमा पास भएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन् ।
नतिजा अनुसार गत वर्ष भन्दा यस वर्ष३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ०.७२ प्रतिशतले बढी छन् ।३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ रहेको छ।
परीक्षा बोर्डले माथिल्लो जीपीए ल्याउने विद्यार्थीको संख्या बढेको बताएको छ। यस्तै १ लाख ८२ हजार ९२६ जना एनजी ल्याएका छन् । याे वर्ष नतिजामा सुधार भएकाे बाेर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।
परीक्षा गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको थियो ।
बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि NEB लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।





