नरैनापुरमा शिक्षकको धर्ना

संसदमा प्रस्तुत नहुँदै चर्चामा आएको शिक्षक ऐनको विरोधमा देशैभरका शिक्षकहरु आन्दोलित हुने क्रममा आज नरैनापुर गाउँपालिका क्षेत्रमा कार्यरत शिक्षकले स्थानीय तहमा धर्ना दिएका छन् ।


बाँके नरैनापुर गाउँपालिका क्षेत्रमा रहेका शिक्षक संघ, संगठन आवद्ध शिक्षकहरु गाउँपालिका अघि धर्ना दिएर प्रमुख प्रशासकीय अधिकृतलाई आफ्ना माँग सहितको ज्ञापन पत्र बुझाएका हुन् ।

नेपाल शिक्षक महासंघ नरैनापुरका उपाध्यक्ष अफसर अली मुकेरीको नेतृत्वमा गएका शिक्षकहरु विहान ११ बजे देखि दिउँसो २ बजे सम्म गाउँपालिका अगाडी आफ्ना माँग सहित धर्ना बसेका हुन् ।

सरकार शिक्षकहरुको माँग प्रति उदासिन देखिएकोले सबै शिक्षक संघ, संगठनको साझा संस्था नेपाल शिक्षक महासंघको आयोजनामा आज देशैभरका ७५३ पालिकामा पालिकास्तरीय दबाब दिन आन्दोलन गरिएको उपाध्यक्ष मुकेरीले बताए ।

सरकारले ल्याउन लागेको शिक्षक ऐनमा शिक्षक सेवा सुविधा, सार्वजनिक विद्यालयको स्तरोन्नति लगायत सरकारसँग पटकपटक भएका सम्झौता नसमेटिएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया