दोब्बर मतले चुनिए ढकाल

प्रेस यूनियन बाँकेको १२ औं अधिवेशनले प्रियास्मृति ढकालको नेतृत्व नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उनले प्रतिष्पर्धी चेतकान्त भट्टराईलाई दोब्बर मतले पछाडी पारेर नेतृत्वमा चुनिएका हुन् ।


अध्यक्ष पदका लागि भएको निर्वाचनमा ४८ का विरुद्ध ९६ मत प्राप्त गरेका ढकालले आफुसँगै मैदानमा उतारेका प्यानलनै जिताउन सफल भएका छन् ।


शनिबार भएको अधिवेशनले उपाध्यक्षमा कमल खत्री, उपाध्यक्ष (महिला) नीशा शाह, सचिव भीष्म लोध, सहसचिव माया अधिकारी र कोषाध्यक्षमा खडक खत्रीलाई निर्वाचित गरेको छ । सचिवमा लोधले १०४ मत प्राप्त गर्दा प्रतिष्पर्धी विजय मल्लले ३७ मत प्राप्त गरेका थिए । मल्ल निवर्तमान सचिव हुन् ।


सदस्यहरुमा विक्रम बुढाक्षेत्री, समीर शाही, रामप्रसाद आचार्य, मार्शलराज सन्ज्याल, अनिल गौतम, आरती कट्टेल, लक्ष्मी गौडेल, सावित्री विश्वकर्मा, निर्मलाकुमारी थारु, सुविता थारु, अभिशेष गुप्ता, रवि कनोजिया, सलामत अली शेष, प्रेमसिंह एसके र सुकराम चिडिमार निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत जनकबहादुर शाहीले जानकारी दिए ।


मतदान अघिनै उपाध्यक्ष खत्री, सहसचिव अधिकारी तथा मधेसी सदस्यद्वय गुप्ता र कनोजिया निर्विरोध भएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया