दुई थान भरूवा बन्दुक बरामद

भूमे गाउँपालिका-१ कर्णखोलास्थित वरपिसियू सामुदायिक वनबाट भरूवा बन्दुक २ थान बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।


प्रहरी चौकी लुकुमबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा उक्त वनको रुखमुनि ओढारमा स्याउलाले छोपेर लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया