प्रतिबद्धतासहित समावेशीका उम्मेदवार सार्वजनिक

आगामी भदौ २ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि समावेशी प्यानलले उम्मेदवार सार्वजनिक गरेको छ । विहीवार औपचारिक प्रतिबद्धतापत्र सहित आफ्ना उम्मेदवार सार्वजनिक गरिएको हो ।


समावेशी प्यानलले अध्यक्षमा टंक बहादुर धामी, उपाध्यक्ष (उद्योग)मा चिरञ्जीवि ओली, उपाध्यक्ष (वाणिज्य) मा हरिलाल न्यौपाने, उपाध्यक्ष (महिला)मा मन्दिरा पाण्डे, महासचिवमा भीम बहादुर रानाभाट, उपमहासचिवमा मदनराज शर्मा, कोषाध्यक्षमा सलाउद्दिन जसगढलाई उम्मेदवार बनाएको छ ।


त्यस्तै, सदस्य तर्फ इन्दिराकुमारी शाही, तोप बहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर दियाली, सुदन केसी, शिवराज बर्मा, धर्मेन्द्र सिंह ठटेर, जमालुदिन अन्सारी, टिकामणि उपाध्याय, डम्बर चन्दलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।
एशोसिएसट सदस्य तर्फ कमल कार्की, राजिव तलङ्गा, वस्तुगत तर्फ फणाधर भण्डारी, रंगबहादुर खड्कालाई उम्मेदवार बनाइएको छ ।


समावेशीका निर्वाचन परिचालन समितिका संयोजक इश्वर पोखरेलको अध्यक्षतामा भएको घोषणा कार्यक्रम बसन्त लामिछानेले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया