सकियो बाँके युनेस्को क्लबको साधारणसभा

सामाजिक योगदान गर्नेलाई सम्मान

सामाजिक क्षेत्रको अगुवा संस्था, बाँके युनेस्को क्लबले आफ्नो ३४ औं वार्षिक साधारणसभा बुधबार नेपालगन्ज आयोजना गरेको छ ।


संस्थागत समीक्षासँगै सामाजिक क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्त्विहरुलाई साधारणसभाको अवसरमा सम्मान गरिएको छ ।
साधारणसभाको विशेष समारोहमा संस्थाका संस्थापक, वरिष्ठ चिकित्सक, पत्रकार, संस्थाका कर्मचारी लगायतलाई सम्मानित गरिएको हो । बाँकेको बिपद व्यवस्थापनका लागि अहोरात्र खटिएर निरन्तर कार्य गर्दै आएको भन्दै क्लबले विपद् व्यवस्थापन सूचना अधिकृत रुपन ज्ञवाली सम्मान गरिएको छ ।


सम्मानित हुने चिकित्सकहरुमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सह निर्देशक डा. रोमन किदवाई, नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेषकुमार कनोडिया, मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा. आसिम किदवाई र वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. सन्दीप गुरुङ छन् ।


सम्मानितहरुलाई पूर्व मन्त्री मोहम्मद ईश्तियाक राईले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका हुन् । कार्यक्रममा पूर्वमन्त्री राईले परेको बेला देश र जनताका लागि विशेष योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्ने परम्पराले अरुलाई पनि प्रोत्साहित गर्ने बताए ।


क्लबका अध्यक्ष रवि तुलाधरको अध्यक्षतामा भएको साधारणसभामा क्लबका संस्थापक अध्यक्ष प्रवेज अलि सिद्दिकी र संस्थापक सल्लाहकार हरिवंश किरातलाई विशेष सम्मान गरिएको थियो ।

संस्थागत विकासमा राम्रो काम गर्ने विभिन्न कर्मचारी, सल्लाहकार तथा सहयोगीलाई पनि सम्मान गरिएको जानकारी दिंदै क्लबका अध्यक्ष तुलाधरले सफल ढंगले साधारणसभा सम्पन्न गरिएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया