तीनसयबढीलाई निःशुल्क वितरण गरियो सितलचिनी बिरुवा

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ ले तीनसयबढिलाई शनिवार बहुगुणी सितलचिनीको बिरुवा वितरण गरेको छ ।


वडा अध्यक्ष गोबिन्द रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा अमेरिकाका सितलचिनी विशेषज्ञ मोरिङ्गा फर लवका सिइओ डा. पेट्रीक चाओ र सिङ्गापुर कि जस्मिनको विशेष उपस्थितिमा विरुवा वितरण गरिएको हो ।


नेपालगन्जमा रहेर विभिन्न जिल्लामा मोरिङ्गा अभियान चलाएका हरित अभियन्ता हेमन्त राज काफलेले सहभागीहरुलाई सितलचिनीका तमाम विशेषतासँगै किन र कसरी खाने भनेर बताएका थिए ।

‘हामी अभियानकै रुपमा यसरी विरुवा वितरण गर्दैछौं,’ मोरिङ्गा बाबा भनेर समेत परिचय बनाउँदै आएका काफ्लेले दैनिक नेपालगन्जसँग भने, ‘यो त्यसैको श्रृंखला हो ।’


प्रदेशसभा सदस्य अम्बिका काफ्लेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख कमरुद्दिन राईले स्थानीय तहले सितलचिनी अभियानमा सघाउने प्रतिबद्धता जनाए ।


अभियन्ता काफ्लेका अनुसार, सितलचिनी, मधेसमा मुनगा वा सहजन र सितलचिनी, नामको वृक्ष चमत्कारी वनस्पतिको रुपमा पर्दछ । यो बिरुवा सबै प्राणीका लागी निकै उपयोगी छ । प्राचीन कालमा ऋषिमुनिहरुले यसलाई जीवन बुटिको रुपमा लिने गरेको धार्मिक ग्रन्थहरुमा पनि उल्लेख गरेको पाइन्छ ।

सितलचिनी अर्थात सितल चिनीका फूल, पात, फल लगायत सबै थोक जिवन उपयोगी हुन्छन् । यसलाई अग्रेजीमा मोरिङा ओलिफेरा भनिन्छ । सितल चिनी सन्सार भरी चमत्कारी बिरुवाको रुपमा लिने गरिन्छ ।


निकै जिवन उपयोगी जडिबुटीको रुपमा मान्ने गरिन्छ र यसलाई बिदेशमा सब्चियुट अफ फुडको रुपमा मान्ने गरिन्छ । यसको क्याप्सुल अमेरिका,फ्रान्स क्यानेडा जस्ता देशमा निकै महँगो विक्री हुने गरेको पाइन्छ । यसको फलको तेलले कपाललाई फुट्न नदिने र सिल्की बनाउने गर्छ ।

यसको फलले पानी सुदद्ध गराउन पनि प्रयोग गरिन्छ । यसको बोक्राले शरीरमा भएका विभिन्न एलेर्जीहरु जस्तै दाद लुतो आदिमा पिसेर लगाउदा फाईदा गर्छ । यसको पात नियमित खाली पेट्मा सेवन गर्ने गर्नाले पेट सम्बन्धी दीर्घ रोगहरु सन्चो हुने र यसले अनुहारमा चमक ल्याउनुका साथै कालो पोतो र डंडीफोरलाई निकै उपयोगी मानिएको छ ।


रिसर्चर डा स्टोनका अनुसार, यसले ३०० भन्दा बढी रोगहरुलाई निर्मुल नै गर्छ । यसमा दूध, अन्डा गाजर हरु भन्दा पनि धेरै गुना बढी भिटामिन हुने र यसले शरीर लाई निकै फुर्तिलो बनाउछ । एक अध्यनले यसलाई सेक्स पावरको रुपमा पनि मानिएको छ । छिप्पेको फललाई उमालेर प्रयोग गर्यो भने नियमित साझ सुत्ने बेला निरन्तर प्रयोग गर्यो भने सेक्स पावरको रुपमा पनि उपयुक्त मानिएको छ । यसको उपयोगले अन्धोपना नियन्त्रणसहित धेरै किसिमका फाइदा हुन सक्छ । मोटोपन र पेट घटाउनलाई यसको प्रयोग गरिन्छ ।


यसको पातलाई मिक्सरमा पिसेर रस बनाएर एक चम्चा मह र आधा कागती हालेर बिहान खाली पेटमा सेवन गर्यो भने बोसोको मात्रा घट्ने र आफुले चाहे जस्तो शरीर बनाउन मिल्ने हुन्छ । यो जिम गर्ने युवाहरुलाई पनि निकै उपयोगी मानिएको छ ।


यसले रजस्वला भएका महिला हरुको गडबडिलाइ नि निकै फाईदा हुने का साथै पाटेघर सम्बन्धी रोगलाई नि फाईदा गर्ने गर्छ । भारतको लखनउस्थित रिजनल फुड रिसर्च एनालसिस सेन्टरद्वारा गरिएको अनुसन्धान अनुसार, प्राकृतिक गुणले परिपूर्ण सितलचिनीमा यति औषधीय गुण हुन्छ, यसको कुनै पनि रूपमा सेवनले थुप्रै रोगबाट मुक्ति पाउन सकिन्छ ।


सितलचिनीमा भिटामिन ए र बी बढी मात्रामा पाइन्छ । भिटामिन सी समेत पाइन्छ । यी तीनै भिटामिन उच्च मात्रामा हुने कमै प्राकृतिक खाद्य पदार्थ छन् । यसमा फलाम, प्रोटिन, फाइबर, क्याल्सियम, फास्फोरस एवं खनिज तत्त्व प्रचूर मात्रामा हुन्छ । यसको नियमित सेवन गरे रक्तअल्पता र आँखाको रोगबाट मुक्ति पाउन सकिने सेन्टरको अनुसन्धानमा उल्लेख छ ।
यस्तै, भारतकै राष्ट्रिय कृषि अनुसन्धान परिषदका अनुसार, सितलचिनी हेमाग्लोबिन बढाउनमा सहायक हुन्छ ।

एन्टिबायोटिकको गुणले भरिपूर्ण हुन्छ । यसको फुलले दाल झान्नाले शरीरमा आइरनको मात्रा दिने गर्छ भनिएको छ ।
मुख्यत पेटसम्बन्धी सबै प्रकारका विकारबाट छुटकारा पाउन सितलचिनीको सेवन निकै उपयुक्त मानिन्छ । यसले पाचन क्रियालाई बलियो समेत बनाउँछ । कपाल झर्ने समस्याबाट मुक्ति पाइन्छ । आँखाको ज्योति बढाउँछ ।


यसमा भिटामिन ए पर्याप्त हुने भएकोले रतन्धो रोग लाग्दैन । रतन्धो भिटामिन ए कै कमीले गर्दा हुन रोग हो । गठिया र मोटोपनाले पीडितहरूको लागि त यो उपयोगी छ । यो वायुनाशक हुन्छ । यसैले गर्दा सितलचिनी खानाले बोसो कम हुन्छ । बोसो कम हुँदा मोटोपना कम हुन्छ, गठिया निको हुन्छ, । यो पीडानाशक प्राकृतिक औषधि पनि हो । यसले सुन्निएको कम गर्छ ।


सितलचिनी वीर्यवर्धकसमेत मानिन्छ । आयुर्वेदले यसलाई नपुंसकताको उपचारमा प्रभावकारी मानेको छ । सितलचिनीको बोटको उचाइ १० मिटरसम्म हुन्छ । आयुर्वेदका थुप्रै औषधि तयार पार्न सितलचिनीको जरो, बोक्रा, फूल, बीउ र फल नै उपयोग गर्न सकिने बहुउपयोगी बिरुवा हो ।


डा.आर्युेवेदाचार्य श्रीधर सुवेदीका अनुसार, सितलचिनी सोइजनमा मानव शरिरलाई आवश्यक पर्ने ९० भन्दा बढी पोषकतत्व,४६ किसीमका एन्टीअक्सीडेन्ट,३६ प्रकारका एन्टीफालामेन्टरी, ८ प्रकारका अत्यावश्यक एमिनो एसिड जस्ता पोष्टिक तत्वहरु पाइन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया