जीवन बिमा क्षेत्रमा काम गर्दै आएका प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा भर्खरै मर्ज भएपछि नेपालगन्जमा बुधवार पहिलो पटक लिडर भेटघाट कार्यक्रम गरिएको छ ।
आपसमा काम गर्ने वातावरण तय गर्ने उद्देश्यले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका डिसिइओ, उप क्षेत्रीय प्रमुख, बाँके बर्दिया इन्चार्ज र जिल्ला शाखा प्रमुख तथा बाँके र बर्दिया जिल्लामा कार्यरत झण्डै डेढसय अभिकर्ता, वरिष्ठ एजेन्सी, एजेन्सी म्यानेजर बीच भेटघाट गरिएको हो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड उप प्रादेशिक कार्यालय नेपालगन्जले आयोजना गरेको लिडर भेघाट कार्यक्रममा डिसिइओ रामेश्वर श्रेष्ठले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज भएपछि देशब्यापी कार्यक्रम अन्तरगत बाँके र बर्दिया जिल्लालाई लक्षित गरेर एक आपसमा सहयोगीको भावना राख्दै जीवन बिमा कार्यलाई अगाडी बढाउने बताए ।
डिसिइआ श्रेष्ठले एक एक मिलेर एघार भैसकेपछि जीवन बिमा कार्यलाई अगाडी बढाउन अभिकर्ता, एजेन्सी, एजेन्सी म्यानेजरको अहम भूमिका रहने बताए । मर्ज भैसकेपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चुक्तापूँजी ४ अर्ब २९ करोड रहेको डिसिइओ किशोर प्रसाद लामिछानेले जानकारी गराए ।
कार्यक्रममा बाँके र बर्दियाका ५० जना वरिष्ठ एजेन्सी, एजेन्सी म्यानेजरलाई उल्लेख्य काम गरेवापत सम्मान समेत गरिएको थियो । लिडर भेटघाट कार्यक्रम उप क्षेत्रीय प्रमुख तेजेन्द्र न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।