प्रज्ञालयमा भानु जयन्ती: बालबालिकाले गरे नाटक मंचन

नेपालगन्जको धम्बोझीस्थित प्रज्ञालयले विद्यार्थी बालबालिकाको सक्रियतामा २१० औं भानुजयन्ती विविध कार्यक्रमहरू गरी मनाएको छ ।


त्यसअवसरमा बालबालिकाले आदिकवि भानुभक्त आचार्यको जीवनीको संक्षिप्त नाटक मंचन, कविता वाचन तथा नृत्य प्रस्तुति गरेका थिए ।


बालबालिकालाई सानो उमेरमै भाषा, साहित्य र नेपाली संस्कृतिप्रति गौरवको बोध होस् भनेर कार्यक्रम गरेको प्रज्ञालयकी प्रिन्सिपल कल्पना शर्माले बताइन् ।


कार्यक्रमको उद्देश्यबारे प्रिन्सिपल शर्माले बालसुलभ चित्र, थिम र मंच तयार गरी उनीहरूलाई रुचिकर बनाइयो भने जस्तोसुकै कुरा पनि सिकाउन सकिने बताइन् ।


प्रज्ञालयले प्रयोगात्मक शिक्षाका साथै बालबालिकालाई संस्कार, पूर्वीय दर्शन र देशभक्ति सिकाउन यस्ता विविध कार्यक्रम गर्दै आएको जनाएको छ ।

नेपालगन्जमा मनाइयो भानु जयन्ती, योगदानको चर्चा

प्रतिक्रिया

प्रतिक्रिया