कपास बिकास समिति खजुराले सेवा निवृत्त बरिष्ठ अधिकृत बिजय कुमार जोशीको बिदाई गरेको छ ।
चार दसक आफ्नो सेवा पूरा गरि सेवा निवृत्त भएका जोशीलाई औपचारिक रुपमा विदाई गरिएको हो ।
कपास बिकास समितिका अध्यक्ष हेमन्त राज काफ्लेको अध्यक्षतमा भएको कार्यक्रममा जोशीले आफ्नो पूरा ४० बर्षको समय कपासलाई दिएको र थुप्रै उतार चढाव कपासमा भोग्न पुगेको अनुभव सुनाए । सम्पूर्ण कर्मचारीका तर्फबाट नरेश मिश्राले कपासलाई कपास बनाउनमा जोशीको ठूलो भूमिका रहेको सुनाए ।
कपासका कार्यकारी प्रमुख बुद्ध घर्तीले आफुले जोशीबाट निकै सहयोग पाएको स्मरण गर्दै स्वाभिमानी र लगनशील ब्याक्तित्वका रुपमा आफुले सम्झिरहने बताए ।
अध्यक्ष काफ्लेले जोशीको विदाईसँगै कपास बिकास समितिले एउटा पिल्लर गुमाएको बताए । जोशीको बिज्ञतालाई बिज्ञ सदस्यको रुपमा राख्न जोड दिए ।