नरैनापुर : प्रहरी परिचालन गरि विद्यालय संचालन

नेपाल विद्यालय कर्मचारी परिषद आन्दोलनका क्रममा आज आइतबार देखि देशभरिको सामुदायिक विद्यालय अनिश्चित कालिन बन्द घोषणा गरेको छ ।

बाँके नरैनापुरमा तलब नपाएका अनुदान शिक्षकको आन्दोलन जारी रहेकै बेला परिषदले समेत विद्यालय बन्द गर्ने घोेषणा गरेपछि नरैनापुर क्षेत्रमा प्रहरी परिचालन विद्यालय संचालन गरिएको छ ।

लामो समय देखि संघीय शिक्षा कानून लागु गर्न माँग गर्दै आन्दोलनमा रहेको परिषदले आजदेखि अनिश्चित कालिन विद्यालय बन्द गर्ने घोषणा गरेको हो । विद्यालयमा अवरोध रोक्न नरैनापुर क्षेत्र भरि प्रहरी परिचालनमा रहेको ईलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया