भेरी अस्पतालको उत्कृष्ट ‘पथ’

भेरी अस्पताल नेपालगन्जले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको गुणस्तर तथा नियमन महाशाखाले न्यूनतम सेवा मापदण्डको स्थलगत अनुगमन तथा मूल्यांकनमा हामीले ७५ अंक हासिल गरेको छ । 


सीमित जनशक्तिका बाबजुद सेवा वृद्धि गर्दै सेवा प्रवाह गरिरहेको भेरी अस्पतालले प्रत्येक बर्ष मूल्यांकनमा आफ्नो अंक थप्दै गएको छ । देशभरकै अस्पतालहरूमा विगतमा निरन्तर उत्कृष्ट अंक प्राप्त गर्दै आएको भेरीले यसअघिको आफ्नो मूल्यांकन अंकलाई यसपटक फराकिलो अन्तरले उछिनेको छ । भेरी अस्पताल नेपालगन्जले आर्थिक बर्ष २०७७÷०७८ मा ६१ प्रतिशत, आर्थिक बर्ष २०७८÷०७९ मा ६७ प्रतिशत र चालु आ.व. २०७९÷८० मा ७५ प्रतिशत अंक प्राप्त गरेको अस्पतालले जानकारी दिएको छ । 

प्रतिक्रिया

प्रतिक्रिया